एक वर्षको अवधिमा झापामा चार हात्ती मरे « Khabarhub

एक वर्षको अवधिमा झापामा चार हात्ती मरे


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

बनियानी–  झापामा एक वर्षको अवधिमा छ मानिस र चार हात्तीको मृत्यु भएको छ । 

गत आर्थिक वर्ष २०८०-८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छ जना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए।

विगत १४ वर्षको तथ्यांक हेर्दा हात्ती मृत्युको सङ्ख्या उच्च हो । आव २०६७-६८ देखि आव २०७९-८० सम्म एक-दुई र आव २०७५-७६ मा तीन हात्तीको मृत्यु भएको कार्यालयको तथ्यांकमा छ । दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला परेकाले जिल्लामा हात्तीको सिकार भइरहेको पुष्टि भएको छ ।

हात्तीको आक्रमणबाट मृत्यु भएका चारजनाका परिवारले १० लाखका दरले ४० लाख र अन्य क्षतिबापत ३० लाख क्षतिपूर्ति पाएका छन् । हात्तीको आक्रणमा घाइते भएकालाई रु दुई लाख क्षतिपूर्ति दिने व्यवस्था भए पनि घाइतेको उपचारमा मोटो रकम खर्च हुने गरेको प्रमुख राईले बताए ।

‘झापा देशभरिमै सबैभन्दा बढी हात्ती प्रभावित जिल्लामा पर्छ’, उनले भने, ‘गत वर्ष देशभरि बाँडिएको राहत रकममध्ये करिब ११ प्रतिशत झापामा बाँडिएको थियो ।’ हात्तीलाई छेकबार गर्न जति नै प्रयास गरे पनि हरेक वर्ष हात्ती पूर्वबाट प्रवेश गरेर कोशी पुगेर फर्किने गरेको उनले बताए ।

गत आवमा जिल्लामा हात्तीपीडितका लागि एक करोड ५० लाख राहत माग गरिए पनि ७० लाख मात्र आएको कार्यालय प्रमुख राईले बताए।

 उनले भने, ‘राहत रकम बेलैमा नआउँदा समस्या भएको छ, चाँडै आउने जानकारी पाएका छौं ।’ झापामा आव २०६७-६८ देखि आव २०८०-८१ सम्म ६० जना मानिस र २१ हात्तीको मृत्यु भएको छ । त्यसमध्ये सातजना गैरनेपाली रहेको कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिए ।

विगत १४ वर्षमा चार हजार पाँच सय हात्तीपीडितलाई नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ । झापामा २५ देखि ३० रैथाने हात्तीमध्ये १० रैथाने हात्तीको नामकरणसमेत गरिएको छ ।

पछिल्लो समय हात्तीलाई जङ्गलभित्रै रहने वातावरण निर्माण गर्न वनभित्र सिमसार, हात्तीफल, केरा, बाँस लगायतका हात्तीले मन पराउने आहारा लगाउन थालिएको छ । हात्ती प्रभावित क्षेत्रमा टर्चलाइट, साइरन लगायतका सामग्री वितरण गरिएको कार्यालयका वन अधिकृत ऋषिराज पराजुलीले बताए।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  २ : २० बजे

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि