प्रधानमन्त्री भन्छन्- इतिहास गर्व गर्नलायक नेपालको अहिलेको अवस्था राम्रो छैन « Khabarhub

प्रधानमन्त्री भन्छन्- इतिहास गर्व गर्नलायक नेपालको अहिलेको अवस्था राम्रो छैन


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको बताएका छन् ।

इन्जिनियर दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको इतिहास प्रशंसालायक भए पनि अहिलेको अवस्था त्यति राम्रो नभएको बताए ।

देशलाई अहिलेको बिग्रिएको अवस्थाबाट उज्यालोतर्फ लैजानु आजको आवश्यकता रहेको ओलीले बताएका छन् ।

ओलीले सरकार देशमा देखिएको समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे । ‘आज सन्तोष मान्ने र खुसी हुने अवस्था छैन, यस अवस्थालाई हामीले बदल्नै पर्छ’, ओलीले भने ।

अहिले देशको अवस्था जस्तो भए पनि भविष्य उज्वल भएको ओलीले बताए । यसमा कुनै शंका नगरी देश निर्माणको काममा लाग्न ओलीले आग्रह गरे । ‘देश र इतिहास प्रशंसा गर्न लायक छ, हाम्रो गौरवपूर्ण इतिहास छ, भविष्य उज्वल छ’, उनले भने ।

ओलीले इञ्जिनियर देश बनाउने हात भएकोले देश निर्माणको काममा सहयोग गर्न आग्रह गरे । उनले अप्ठेरा खोज्ने होइन समाधान गर्दै जानुपर्नेमा जोड दिए ।

सरकाले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  २ : २२ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६