मधेश सरकारमा ४ मन्त्रालयसहित कांग्रेस सहभागी हुँदै « Khabarhub

मधेश सरकारमा ४ मन्त्रालयसहित कांग्रेस सहभागी हुँदै


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्नेगरी कांग्रेस प्रदेश सरकारमा सहभागी हुन लागेको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले कुरा मिलेपछि कांग्रेस सरकारमा सहभागि हुन लागेको पुष्टि गरे । 

उनले भने ‘कांगेसलाइ अर्थसहित चार मन्त्रालय दिने सहमति भएपछि कांग्रेस सहभागि हुन लागेको छ । आजै ५ बजे शपथ ग्रहण हुनेछ ।’

कांग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिलकुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।

यसअघि कांग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।  

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  २ : ४५ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म