आन्तरिक र बाह्य समस्या समाधान गर्न स्थिर सरकार बनेको हो : अर्थमन्त्री पौडेल « Khabarhub

आन्तरिक र बाह्य समस्या समाधान गर्न स्थिर सरकार बनेको हो : अर्थमन्त्री पौडेल


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघसंगको छलफलका क्रममा पौडेलले निराशा चिर्दै आशा जगाउने उपायको खोजी गर्दै सरकार अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका हुन् । निजी क्षेत्रको मनोबल खस्किए मुलुकको अर्थतन्त्र नै धाराशयी बन्ने भएकाले यसतर्फ मन्त्रालयले विशेष ध्यान दिने उनले बताए ।

उनले अर्थतन्त्रमा देखिएको समस्याको चाङ प्रति आफू गम्भीर रहेकाले निजी क्षेत्रलाई पनिसँगै लिएर अघि बढ्ने उल्लेख गरे । आन्तरिक र बाह्य कारण देखिएको समस्यालाई समाधान गर्नका लागि स्थिर सरकार बनेको उनको भनाइ छ ।

सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र फोटा टास्नका लागि मात्रै सरकार गठन नभएको भन्दै उनले समस्या समाधानका लागि नै सरकारको सम्पूर्ण ध्यान केन्द्रीत गर्ने जिकिर गरे ।

सो क्रममा नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अहिलेको अवस्थामा निजी क्षेत्रले भोग्नुपरेको समस्याका बारेमा अर्थमन्त्रीलाई अवगत गराएका थिए। 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ३ : १० बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका