भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, कम्तीमा तीजनाको मृत्यु « Khabarhub

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, कम्तीमा तीजनाको मृत्यु


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

लखनऊ- भारतको उत्तरप्रदेश राज्यमा बिहीबार दिउँसो एउटा रेल लिकबाट उत्रिएको छ ।

उत्तरप्रदेशको गोन्डा जिल्लास्थित गोन्डा- मनकापुर खण्डको बीचमा चण्डीगढ एक्सप्रेसका १४ वटा डब्बा पटरीबाट उत्रिएका छन् । यो दुर्घटनामा तीनजनाको ज्यान गएको छ भने १४ जना अन्य घाइते भएका छन् ।

चण्डीगढ एक्सप्रेसको यो रेल पञ्जाबको चण्डडीगबाट गोरखपुर गइरहेको थियो । दुर्घटना मोतीगञ्ज प्रहरी कार्यालय क्षेत्रको पिकौरा गाउँनजिकै भएको हो ।

दिउँसो पौने ३ बजे दुई डिब्बाले सुरुमा पटरी छाडेका थिए । त्यसपछि अन्य १२ वटा डिब्बा पनि पल्टिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिएका छन् । उनले अधिकारीहरूलाई तत्काल घटनास्थल पुगेर उद्धार तीव्र बनाउन भनेका छन् ।

मुख्यमन्त्रीले राहत र उद्धारसँगै घाइतेहरूलाई चाँडोभन्दा चाँडो अस्पताल लैजान पनि निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ४ : ३७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया