पहिरोले पाँच परिवार विस्थापित « Khabarhub

पहिरोले पाँच परिवार विस्थापित


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको भिरालो जमिन भासिँदै पहिरो बग्न थालेपछी अधिकांश बस्ती जोखिममा परेका छन् । 

वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन् । दश घर अझै जोखिममा छन् । 

गौमुल–२ का वडाध्यक्ष देवबहादुर रोकायाका अनुसार गाउँमाथि र तलबाट पहिरो बग्न थालेपछी पाँच परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

उनीहरूलाई सहयोग उपलब्ध गराउन गाउँपालिकाले पहल गरिरहेको छ ।

पहिरोले रनेडाका स्थानीय सालिभान रोकाया, महेन्द्र रोकाया, साउने रोकाया, सगुने रोकाया र देबे सार्कीको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिं कार्कीले जानकारी दिए।

विस्थापित परिवार सुरक्षित स्थानमा त्रिपाल टाँगेर बसेका छन् । सोही बस्तीको तल र माथिबाट आएको पहिरोले १० परिवार जोखिममा छन् । उनीहरूलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गन समन्वय भइरहेको गौमुल गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ५ : १९ बजे

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच