‘छक्का पञ्जा ५’ को गीतको मात्रै छायाङ्कन बाँकी « Khabarhub

‘छक्का पञ्जा ५’ को गीतको मात्रै छायाङ्कन बाँकी


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘छक्का पञ्जा’को पाँचौँ सिक्वेल ‘छक्का पञ्जा ५’ को छायाङ्कन अन्तिम चरणमा पुगेको छ । लेखक एवम्‌ निर्माता दीपकराज गिरीका अनुसार अब गीतको छायाङ्कन मात्रै बाँकी रहेको हो ।

दीपकले खबरहबसँग भने, ‘अब अन्तिम नै भयो भन्दा हुन्छ, गीतको मात्रै छायाङ्कन बाँकी छ, त्यो पनि छिटै हुन्छ ।’

उनका अनुसार काभ्रेमा अन्तिम चरणको छायाङ्कन सकेर बुधबार साँझ फिल्म सुटिङ युनिट काठमाडौं फर्किएको हो ।

निर्माण टिमले कलाकारहरूको नाम भने अहिलेसम्म गोप्य नै राखेको छ । गिरी स्वयम्‌, केदार घिमिरे ‘माग्ने बूढा’ र वर्षा सिवाकोटी गरी तीन कलाकारको मात्रै सार्वजनिक गरिएको छ ।

जेठ १७ गतेबाट फिल्मको छायांकन सुरु भएको थियो । काभ्रे, सिन्धुली र पोखराका विभिन्न स्थानमा छायाङ्कन भएको बुझिएको छ ।

यो फिल्म अन्य श्रृङ्खलाभन्दा पूर्णतः भिन्न रहने गिरीको दाबी छ । आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुतीमा निर्माण हुने यस फिल्मको निर्देशक दीपाश्री निरौला हुन् ।

फिल्मको प्रदर्शन मिति आउँदो असोज २४ गते फूलपातीका दिनलाई तोकिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ५ : २४ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार