१७ महिनाअघि अमेरिकी दूतावासलाई लेखेको पत्रले संकटमा उपसभामुख राना « Khabarhub

१७ महिनाअघि अमेरिकी दूतावासलाई लेखेको पत्रले संकटमा उपसभामुख राना


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


28.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् । केही नेपाली युवालाई अमेरिका पठाउन दूतावासलाई सिफारिससहित लेखेको पत्र बाहिरिएपछि उनी विवादमा परेकी हुन् ।

धर्मपुत्र-पुत्री बनाएर विदेश पठाउने काममा पनि सन्देहास्पद भूमिका रहेको आरोप लागिरहेका बेला उपसभामुख रानाले केही युवाका लागि भिसा दिन भन्दै अमेरिकी दूतावासलाई लेखेको पत्रले अर्को समस्या निम्त्याएको हो ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी रानाले २६ फेब्रुअरी २०२३ मा लेखेको एउटा पत्र अहिले भाइरल भएको छ । उनले आफूसहित ६ जनालाई भिसाका लागि दूतावासमा पत्र लेखेकी थिइन् ।

आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्रमा उनले आफूसहित उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङका लागि उनले न्यूयोर्कमा हुने कार्यक्रममा जान भिसा लगाइदिन भनेकी थिइन् ।

रानाले युएन उमेनको न्यूयोर्कमा हुने ६ मार्च २०२३ देखि १७ मार्चा २०२३ सम्म हुने सीएसडब्लु६७ मा भाग लिनका लागि भिसा दिन अमेरिकी दूतावाससमक्ष सिफारिस गरेकी थिइन् ।

‘म आउँदो ६ मार्च देखि १७ मार्चसम्म अमेरिकाको न्यूयोर्कमा आयोजना हुने एनजीओ सीएसडब्लु६७ फोरममा जान लागिरहेकी छु’, उनले पत्रमा भनेकी छन्, ‘उक्त कार्यक्रमको अतिव्यस्त तालिकाका कारण म आफ्नो टीमका सदस्य, सांसद र सहयोगीहरू सबैजनाको अन्तर्वार्ता एकै दिन मिलाइन दिन पनि अनुरोध गर्न चाहन्छु ।’

उनले उक्त पत्रमा युएन उमेनको उक्त कार्यक्रम नेपालबाट जाने सबै प्रतिनिधिका लागि एकदमै महत्वपूर्ण रहेको जिकिर गरेकी छन् । रानाले यस कार्यक्रम महिला सशक्तीकरण विकासमा सहयोग पुग्ने तर्कसहित अमेरिकाबाट आएको निम्तोको सराहना गरेकी छन् ।

विवाद

भिसा माग्दै अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएपछि सत्तारुढ दल नेपाली कांग्रेसले रानाको राजीनामा मागेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुख रानाले पदीय आचरणविपरीतको कार्य गरेकाले राजीनामा दिनुपर्ने बताए ।

रानाले रकम लिएर पनि अमेरिका नपठाएको भन्दै केही पीडितहरूले खतिवडा सभापति रहेको राज्यव्यस्था समितिमा उजुरी गरेका छन् । उजुरीबारे अध्ययन भइरहेको खतिवडाले बिहीबार सञ्चारकर्मीहरूलाई बताए ।

खतिवडाले उपसभामुख जस्तो मर्यादित पदमा बसेको व्यक्तिले यस्तो कार्य गर्नु गलत भएको तर्क गरे। आगामी साउन ६ गते बस्ने प्रतिनिधि सभा बैठकअघि नै रानाले पद त्याग्नु उचित हुने तर्क खतिवडाले गरेका छन् ।

उपसभामुख रानाले आफूमाथि लागेको गम्भीर आरोपबारे केही बोलेकी छैनन् । रानालाई उपसभामुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसबाबारे सभामुख देवराज घिमिरेसँग चासो राखेको छ ।

रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे राष्ट्रिय स्वतन्त्र पार्टीले आवश्यक छलफल गरिरहेको जनाएको छ ।

सञ्चारमाध्यमका समाचारलाई अध्ययन गरिरहेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् ।

उनले यसबारेमा के भएको भनेर सभामुख घिमिरेसँग चासो राखिएको पनि बताएका छन् । तर सभामुख घिमिरेले यसबारेमा आफूले बुझिनसकेको बताएक परियारले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ४ : २८ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका