१७ महिनाअघि अमेरिकी दूतावासलाई लेखेको पत्रले संकटमा उपसभामुख राना « Khabarhub

१७ महिनाअघि अमेरिकी दूतावासलाई लेखेको पत्रले संकटमा उपसभामुख राना


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


28.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् । केही नेपाली युवालाई अमेरिका पठाउन दूतावासलाई सिफारिससहित लेखेको पत्र बाहिरिएपछि उनी विवादमा परेकी हुन् ।

धर्मपुत्र-पुत्री बनाएर विदेश पठाउने काममा पनि सन्देहास्पद भूमिका रहेको आरोप लागिरहेका बेला उपसभामुख रानाले केही युवाका लागि भिसा दिन भन्दै अमेरिकी दूतावासलाई लेखेको पत्रले अर्को समस्या निम्त्याएको हो ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी रानाले २६ फेब्रुअरी २०२३ मा लेखेको एउटा पत्र अहिले भाइरल भएको छ । उनले आफूसहित ६ जनालाई भिसाका लागि दूतावासमा पत्र लेखेकी थिइन् ।

आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्रमा उनले आफूसहित उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङका लागि उनले न्यूयोर्कमा हुने कार्यक्रममा जान भिसा लगाइदिन भनेकी थिइन् ।

रानाले युएन उमेनको न्यूयोर्कमा हुने ६ मार्च २०२३ देखि १७ मार्चा २०२३ सम्म हुने सीएसडब्लु६७ मा भाग लिनका लागि भिसा दिन अमेरिकी दूतावाससमक्ष सिफारिस गरेकी थिइन् ।

‘म आउँदो ६ मार्च देखि १७ मार्चसम्म अमेरिकाको न्यूयोर्कमा आयोजना हुने एनजीओ सीएसडब्लु६७ फोरममा जान लागिरहेकी छु’, उनले पत्रमा भनेकी छन्, ‘उक्त कार्यक्रमको अतिव्यस्त तालिकाका कारण म आफ्नो टीमका सदस्य, सांसद र सहयोगीहरू सबैजनाको अन्तर्वार्ता एकै दिन मिलाइन दिन पनि अनुरोध गर्न चाहन्छु ।’

उनले उक्त पत्रमा युएन उमेनको उक्त कार्यक्रम नेपालबाट जाने सबै प्रतिनिधिका लागि एकदमै महत्वपूर्ण रहेको जिकिर गरेकी छन् । रानाले यस कार्यक्रम महिला सशक्तीकरण विकासमा सहयोग पुग्ने तर्कसहित अमेरिकाबाट आएको निम्तोको सराहना गरेकी छन् ।

विवाद

भिसा माग्दै अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएपछि सत्तारुढ दल नेपाली कांग्रेसले रानाको राजीनामा मागेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुख रानाले पदीय आचरणविपरीतको कार्य गरेकाले राजीनामा दिनुपर्ने बताए ।

रानाले रकम लिएर पनि अमेरिका नपठाएको भन्दै केही पीडितहरूले खतिवडा सभापति रहेको राज्यव्यस्था समितिमा उजुरी गरेका छन् । उजुरीबारे अध्ययन भइरहेको खतिवडाले बिहीबार सञ्चारकर्मीहरूलाई बताए ।

खतिवडाले उपसभामुख जस्तो मर्यादित पदमा बसेको व्यक्तिले यस्तो कार्य गर्नु गलत भएको तर्क गरे। आगामी साउन ६ गते बस्ने प्रतिनिधि सभा बैठकअघि नै रानाले पद त्याग्नु उचित हुने तर्क खतिवडाले गरेका छन् ।

उपसभामुख रानाले आफूमाथि लागेको गम्भीर आरोपबारे केही बोलेकी छैनन् । रानालाई उपसभामुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसबाबारे सभामुख देवराज घिमिरेसँग चासो राखेको छ ।

रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे राष्ट्रिय स्वतन्त्र पार्टीले आवश्यक छलफल गरिरहेको जनाएको छ ।

सञ्चारमाध्यमका समाचारलाई अध्ययन गरिरहेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् ।

उनले यसबारेमा के भएको भनेर सभामुख घिमिरेसँग चासो राखिएको पनि बताएका छन् । तर सभामुख घिमिरेले यसबारेमा आफूले बुझिनसकेको बताएक परियारले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ४ : २८ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण