म्याग्दीका एक लाख १३ हजार पशुलाई खोप लगाइयो « Khabarhub

म्याग्दीका एक लाख १३ हजार पशुलाई खोप लगाइयो


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीका कृषकले पालेका एक लाख १३ हजार पशुलाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धि गर्न जिल्लाका छ वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप अभियान सञ्चालन गरेको हो । 

आर्थिक वर्ष २०८०-८१ मा पशुमा पूर्ण खोप कार्यक्रममार्फत एक लाख १३ हजार तीन सय ११ गाईभैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्धको छ प्रकारका खोप लगाइएको केन्द्रका पशुसेवा प्राविधिक गणेश रिजालले जानकारी दिए। 

१५ हजार एक सय ९८ गाई र २३ हजार दुई सय ७१ भैँसीलाई खोरेत विरुद्धको एफएमडी र आठ हजार छ सय गाईगोरुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । पाँच हजार दुई सय ५० गाई, भैँसीलाई भ्यागुते र चरचरे विरुद्धको एचएसबीक्यु खोप लगाइएको छ । 

४४ हजार तीन सय ३८ बाख्रा र ११ हजार तीन सय ७९ भेडालाई पीपीआर विरुद्धको खोप लगाइएको पशुसेवा प्राविधिक रिजालले बताए । यसैगरी तीन हजार सात सय ४७ कुकुर र ७८ बिरालोलाई रेबिज विरुद्धको एआरभी खोप लगाइएको छ । 

कृषकका पशु फार्म तथा गोठमा पुगेर पशुचौपायाको तथ्यांक संकलन, खोपकर्ता नियुक्ति, जनप्रतिनिधि र अगुवा कृषकलाई अभिमुखीकरण गरी खोप लगाउन एक सय १८ जना प्राविधिक परिचालन गरिएको थियो । 

पशुजन्य रोगको महामारीको जोखिममा रहेका बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा दुई चरणमा खोप अभियान सञ्चालन भएको भेटेरिनरी अस्पतालले जनाएको छ । पूर्ण खोप अभियानका लागि एक वडामा भूगोल र पशुसङ्ख्याको आधारमा दुईदेखि तीन जना प्राविधिक र खोपकर्ता परिचालन गरिएको थियो । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी रहेको पशु प्राविधिकहरू बताउँछन् । 

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय, खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको केन्द्रका प्रमुख डा भरत रेग्मीले बताए ।

गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई पूर्णखोपयुक्त बनाउन ११ जिल्लामा पछिल्लो तीन वर्षयता प्राथमिकताका साथ पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ६ : ४३ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले