बागमती प्रदेशमा ७० प्रतिशत रोपाइँ सम्पन्न « Khabarhub

बागमती प्रदेशमा ७० प्रतिशत रोपाइँ सम्पन्न


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशमा हालसम्म ७० प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको १३ जिल्लामा साउन १ गतेसम्म ७० प्रतिशत अर्थात ७९ हजार दुई सय ५७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हेटौँडाले जनाएको छ ।

मन्त्रालयका अनुसार, कूल एक लाख १४ हजार पाँच सय ६१ हेक्टर धान खेतीयोग्य जमिन मानिने बागमतीमा ७९ हजार दुई सय ५७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार, सबैभन्दा बढी रोपाइँ दोलखामा र सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ । 

दोलखामा दुई हजार चार सय ७६ हेक्टर र धादिङमा छ हजार ४६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । 

काठमाडौँमा पाँच हजार ३७ हेक्टर, भक्तपुरमा दुई हजार सात सय १५ हेक्टर, चितवनमा १८ हजार आठ सय ७८ हेक्टर, मकवानपुरमा पाँच हजार आठ सय ५९ हेक्टर र नुवाकोटमा सात हजार सात सय ५८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ ।

सिन्धुलीमा आठ हजार ५६ हेक्टर, रामेछापमा पाँच हजार एक सय ८७ हेक्टर, काभ्रेपलान्चोकमा सात हजार चार सय ३३ हेक्टर, रसुवामा  सात सय ८३ हेक्टर र सिन्धुपाल्चोकमा पाँच हजार सात सय हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ७ : १६ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार