‘मोदीबेनी’को ट्रेलर : वृद्धाको भूमिकाबाट रेजिनाको कमब्याक, वर्षाको रोचक ‘रोल’ « Khabarhub

‘मोदीबेनी’को ट्रेलर : वृद्धाको भूमिकाबाट रेजिनाको कमब्याक, वर्षाको रोचक ‘रोल’


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले बिहीबार नयाँ बानेश्वरको एक हलमा कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरले फिल्ममा प्रेम, कमेडी, र पारिवारिक कथा रहेको बताउँछ । साथै, केही दृश्यहरू ‘सरप्राइजिङ’ पनि छन् । ट्रेलरमा अभिनेत्री वर्षा सिवाकोटी अभिनेता अमर प्रताप श्रेष्ठको प्रेमिकाको रुपमा देखिएकी छन् । अन्त्यमा उनको भयंकर रूपले दर्शकमा कौतुहलता सिर्जना गर्छ । 

ट्रेलरमा नायिका रेजिना उप्रेतीलाई भने वृद्ध महिलाको भूमिकामा देख्न सकिन्छ । उनी वर्षाको आमाको भूमिकामा छिन् । यस फिल्ममा अभिनेता सरोज खनालले ‘लुक्स’ परिवर्तनमा मिहिनेत गरेको देखिन्छ । यद्यपि उनी पनि वृद्धकै भूमिकामा छन् । 

अभिनेताद्वय प्रवीण खतिवडा र जीवन भट्टराईको भूमिकाले ट्रेलरलाई थप रोमाञ्चक बनाएको छ । यही फिल्ममार्फत अभिनेतृ उप्रेती दशकपछि अभिनयमा फर्कँदै छिन् । त्यस्तै, नायक अमरप्रतापको यो डेब्यू फिल्म हो । 

शङ्कर कोइरालाले निर्देशन गरेको यस फिल्ममा वर्षा, अमर, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, जीवन भट्टराईसहित  दिलीप केसी, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ७ : ५६ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको