महेश बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी | Khabarhub Khabarhub

महेश बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका छन् ।

बिहीबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ ग्रहण गराएर पदबहाली गरेका हुन् ।

साउन २ गतेको अर्थ मन्त्रालयको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्य तथा अध्यक्ष बनेका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)का भन्सार प्रमुखका रुपमा कार्यरत छन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था रहेको छन् ।

गत पुसमा रमेशकुमार हमाल बाहिरिएसँगै धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा छ । धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएपनि रद्द भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ८ : १६ बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर