चीनले थाल्यो समाजवादी शिक्षा अभियान « Khabarhub

चीनले थाल्यो समाजवादी शिक्षा अभियान


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले समाजवादी शिक्षा अभियान थालेको छ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले सन् २०२४ का लागि समाजवादी शिक्षा अभियान शुरु गरेको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यस अभियानअन्तर्गत चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासबारे विद्यार्थीलाई शिक्षा दिइनेछ ।

त्यसबाहेक चिनियाँ शिक्षा मन्त्रालयले विद्यालयलाई यस वर्ष कम्तीमा तीनवटा अतिरिक्त क्रियाकलाप गराउन पनि प्रोत्साहन गरेको सिन्ह्वाले जनाएको छ ।

यसबाट विद्यार्थीले पार्टीको इतिहास, समाजवाद, देशभक्तिबारे पनि शिक्षा पाउने बताइएको छ ।

चीनले यसै वर्षको जनवरी १ देखि देशभक्तिपूर्ण शिक्षा कानून लागू गरेको छ । चीनलाई थप मजबुत र समृद्धितर्फ लैजानका लागि नयाँ शिक्षा नीति प्रभावकारी हुने अपेक्षा गरिएको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ८ : २३ बजे

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित