चीनले थाल्यो समाजवादी शिक्षा अभियान « Khabarhub

चीनले थाल्यो समाजवादी शिक्षा अभियान


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले समाजवादी शिक्षा अभियान थालेको छ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले सन् २०२४ का लागि समाजवादी शिक्षा अभियान शुरु गरेको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यस अभियानअन्तर्गत चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासबारे विद्यार्थीलाई शिक्षा दिइनेछ ।

त्यसबाहेक चिनियाँ शिक्षा मन्त्रालयले विद्यालयलाई यस वर्ष कम्तीमा तीनवटा अतिरिक्त क्रियाकलाप गराउन पनि प्रोत्साहन गरेको सिन्ह्वाले जनाएको छ ।

यसबाट विद्यार्थीले पार्टीको इतिहास, समाजवाद, देशभक्तिबारे पनि शिक्षा पाउने बताइएको छ ।

चीनले यसै वर्षको जनवरी १ देखि देशभक्तिपूर्ण शिक्षा कानून लागू गरेको छ । चीनलाई थप मजबुत र समृद्धितर्फ लैजानका लागि नयाँ शिक्षा नीति प्रभावकारी हुने अपेक्षा गरिएको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ८ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको