जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता « Khabarhub

जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । स्याली खोलाले बगाउँदा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा बेपत्ता भएका हुन् ।

आज दिउँसो गोठालो गएका बेला खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कर्णालीका चार जिल्लामा सडक अवरुद्ध

कर्णाली प्रदेशका चार जिल्लामा सडक अवरुद्ध भएका छन् । डोल्पा, हुम्ला, कालीकोट र रुकुमपश्चिममा भारी वर्षाका कारण सडक अवरुद्ध भएका हुन् ।

भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाड ५ को साङ्लेखोलामा पानीको मात्रा बढेका कारण सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

कर्णाली करिडोरअन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका–१ खच्चा, तुम्च, वडा नं ४ का विभिन्न ठाउँमा, खार्पुनाथ गाउँपालिका–१ सुनाखडादेखि लालीबगरसम्म सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

भेरी करिडोरमा पर्ने रुकुमपश्चिमको आठबीसकोट–६ रिजिगारमा सडक अवरुद्ध छ । कर्णाली करिडोरको कालीकोटको पचालझरना गाउँपालिका–८ लाफामा पहिरो जाँदा सडक अवरुद्ध भएको पौडेलले जानकारी दिए । अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको उनले जानकारी दिए।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १० : ४० बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा