स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई २–१ गोलले हराउँदै बार्सिलोनाले सुखद सुरुवात गरेको हो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । भ्यालेन्सियाका ह्युगो डुरोले एक गोल गरेका थिए ।

खेलको ४४औँ मिनेटमा भ्यालेन्सियाका डुरोले सुरुवाती गोल गरेका थिए । तर पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफको ४९औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ गोलको जित दिलाए । सुरुवाती अग्रता जोगाउन नसक्दा भ्यालेन्सिया पराजित हुन पुग्यो ।

यो जितसँगै बार्सिलोनाले पहिलो खेलमै ३ अंक जोडेको छ । भ्यालेन्सियाले हारबाट लिगको सुरुवात गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : ४३ बजे

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर