इटालियन सिरी ‘ए’ : एसी मिलान र टोरिनोको बराबरी | Khabarhub Khabarhub

इटालियन सिरी ‘ए’ : एसी मिलान र टोरिनोको बराबरी


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान र टोरिनोले बराबरी खेलेका छन् ।

शनिबार राति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

एसी मिलानका लागि अल्भारो मोराटा र नोआ ओकाफरले गोल गरेका थिए । यस्तै, टोरिनोका लागि डुभान जोपाटाले एक गोल गर्दा अर्को एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो ।

खेलको ३०औं मिनेटमा एसी मिलानका मलिक थिअवले आत्मघाती गोल गरेपछि टोरिनोले सुरुवाती अग्रता लिएको थियो । यस्तै ६८औं मिनेटमा जोपाटाले गोल गर्दै मिलानको अग्रतालाई दोब्बर बनाए ।

खेलको ८९औँ मिनेटमा मोराटाले गोल गर्दै एसी मिलानलाई २–१ को स्थितिमा ल्याए । यस्तै, इन्जुरी समयमा ओकाफरले गोल गर्दै एसी मिलानलाई हारबाट जोगाउँदै टोरिनोसँग २–२ गोलको बराबरी गरे ।

सिरी ‘ए’ अन्तर्गत शनिबार नै भएका अन्य खेलमा इम्पोली र मोन्जाले गोलरहित बराबरी खेल्दा इन्टर मिलान र जिओनाले २–२ तथा फियोरेन्टिना पार्माले १–१ गोलको बराबरी खेले ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ८ : ४३ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार