धरानमा असोज ३ गतेदेखि अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता हुने | Khabarhub Khabarhub

धरानमा असोज ३ गतेदेखि अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता हुने


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको धरानमा तेस्रो संस्करणको ‘सञ्जीवनी अन्तर्राष्ट्रिय फुटसल’ प्रतियोगिता हुने भएको छ । सञ्जीवनी केन्द्रको आयोजनामा आगामी असोज ३ देखि ५ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

सञ्जीवनी केन्द्रले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ । यो प्रतियोगिता कोशी प्रदेशको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

प्रतियोगितामा धरान, पोखरा, काठमाडौं, चितवन, झापा, मोरङका साथै भुटान, सिलगुडी, सिक्किम, दार्जिलिङबाट पनि टोलीहरू सहभागी हुने केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारले जानकारी दिए ।

प्रतियोगितामा दर्ता हुन चाहने टिम र खेलाडीले लागुऔषध नियन्त्रण रोकथाम र उपचार क्षेत्रमा कार्यरत कुनै पुनर्स्थापना केन्द्रको प्रतिनिधित्व गरेर मात्र सहभागी हुन पाउने छन् ।

अध्यक्ष ताम्राकारका अनुसार दुर्व्यसनीमा फसेका युवाहरूलाई सामाजिकरण गर्नुका साथै भाइचारा कायम गर्न फुटसल प्रतियोगिता गराउँदै आएकोमा यो वर्ष ओपन रिकभरिङ टिम, भेट्रान टिमसहित महिला टिमको पनि छुट्टाछुट्टै प्रतिस्पर्धा राखिएको छ ।

प्रतियोगितामा ओपन रिकभरिङ समूहतर्फको उपाधि विजेता टिमले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । उपविजेताले नगद १ लाखसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ ।

भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ पुरस्कार रहेको छ भने महिलातर्फ प्रथम पुरस्कार २० हजार र दोस्रोले १० हजार रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतियोगितामा व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी र गोलकिपरले जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

केन्द्रले लामो समयदेखि लागुऔषधको दुव्यर्सनमा फसेका युवायुवतीलाई समाज र परिवारमा पुनर्स्थापित गर्न सुधारगृह मार्फत उपचार गर्दै आएको छ ।

सञ्जीवनी केन्द्र युवाहरूलाई लागुऔषध दुर्व्यसनीबाट मुक्त गराउन उपचार तथा मनोपरामर्शका लागि धरानकै युवाहरूको पहलमा २०६५ सालमा स्थापना भएको संस्था हो ।

धरान उपमहानगरपालिका– १३ मा कार्यालय रहेको केन्द्रले हालसम्म धरान, पोखरा, काठमाडौं, मोरङ, झापालगायत भारतका विभिन्न स्थानका लागुऔषध दुर्व्यसनी मध्ये दुईहजार भन्दा बढी युवाहरूलाई मनोपरामर्श तथा उपचार सेवा (उपचार) दिँदै आएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १ : ०० बजे

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति

जेन-जी प्रदर्शन : ४१ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो 

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा मृत्यु

सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै

कैलाश ढुंगेललाई प्रश्न- एमालेको नेतृत्व कहिले फेर्ने ?

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा