सौराहा चिनाउन ‘छतिया स्ट्रिट’  « Khabarhub

सौराहा चिनाउन ‘छतिया स्ट्रिट’ 


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटक गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकहरूलाई आकर्षित गर्न ‘छतिया स्ट्रिट’ निर्माण गरिएको छ ।

थारु समुदायको मुख्य बसोबास रहेको सौराहामा थारु समुदायको मौलिकता झल्कने खालका छतिया राखेर करिब ४५ मिटर लामो छतिया स्ट्रिट निर्माण गरेको हो । सौराहा थारु समुदायको बाहुल्य रहेको बस्ती हो ।

अहिले सो क्षेत्रमा विभिन्न समुदायका व्यक्तिहरूले होटलहरु खोल्दै गए पछि सौराहाका थारु समुदायको अस्तित्व नै हराउँदै गएको छ । सौराहामा थारु समुदायको मात्र १ सय २ घर रहेका छन् ।

सौराहामा अहिले ४५ मिटर लामो बागमती प्रदेश सरकारको सहयोगमा छतिया स्ट्रिट निर्माण गरीएको रत्ननगर नगर पालिका वडा नम्बर ६ का वडा सदस्य बिरेन्द्र महतोले बताए । उक्त स्ट्रिट बागमाती प्रदेश सरकारको ३० लाख र वडा कार्यालयबाट ३ लाखको लागतमा छतिया स्ट्रिट निर्माण गरीएको उनले जानकारी दिए ।

छतिया थारु समुदायले खेतमा काम गर्दा घाम पानी बाट बच्न ओढ्ने  बास र भर्लाको पात वाट बनेको ठुलो टोपी हो । उक्त स्ट्रिटमा पर्यटकलाई आकर्षित गर्न साँझ पख थारु समुदायको खानाका परिकारहरू थारु समुदायले बनाएका ह्याण्डी क्राफ्टहरु बिक्री वितरणको लागि राखिने महतोले बताए ।

स्ट्रिटमा हप्ता २ दिन थारु समुदायको मौलिक सांस्कृतिक नाच झाम्टा र लाठी नाच प्रस्तुत गर्ने योजना रहेको बताइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १ : १५ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल