संसदीय समितिले लियो रास्वपा सहमहामन्त्री आचार्यसँग बयान « Khabarhub

संसदीय समितिले लियो रास्वपा सहमहामन्त्री आचार्यसँग बयान


२ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सह-महामन्त्री विपीनकुमार आचार्यसँग बयान लिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा आचार्यसँग बयान लिइएको हो ।

आचार्यले गोर्खा मिडिया नेट्वर्कमा क्रिएटिभ डाइरेक्टरका रूपमा काम गरेका थिए । उक्त मिडियामा हाल फरार गितेन्द्रबाबु राई अध्यक्ष र रास्वपाका वर्तमान सभापति रवि लामिछाने प्रबन्ध निर्देशक थिए ।

समितिले आइतबार नै रास्वपा सभापति लामिछानेसँग पनि बयान लिने तयारी गरेको थियो । तर अन्य बयानका क्रममा पोलेका बयानकर्ताहरूको संख्या बढेकाले कार्यसूची फेरिएको छ ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र बुटवलका सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेट्वर्कमा लगानी आएको देखिएको थियो ।

समितिले कागजात अध्ययन गर्दा त्यस कार्यमा आचार्यको पनि संलग्नता देखिएको थियो। आचार्यले सहकारीबाट झिकेको पैसा गोर्खा मिडियासँगै निजी प्रयोजनमा पनि लगाएको देखिएको समितिका एक सदस्यले बताए ।

गोर्खा मिडियामा हुँदा आचार्यले सूर्यदर्शन सहकारी र सुप्रिम सहकारीबाट कारोबार गरेको देखिएको समितिका एक सदस्यले खबरहबलाई बताएका छन् ।

सहकारीबाट २०७८ पुस १२ गते आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको र उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको आरोप छ ।

समिति बयानका लागि हाजिर भएकाले दिएको बयानलाई सम्बन्धीत व्यक्तिको हस्ताक्षरसहित रेकर्डमा राखिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग छानविनका लागि निष्कर्षमा पुग्न सरोकारवाला निकाय लगाएत सहकारी ठगिमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर पनि समितिले निरन्तर छलफल गरिरहेको छ ।

छलफलका साथै प्रतिवेदनको मस्यौदा निर्माणको काम पनि निरन्तर भइरहको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।

यसअघि सदनमा सहकारी प्रकरणमा छानविन गर्नुपर्ने आवाज उठेपछि गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति बनेको थियो ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  २ : १७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर