मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत, आयात र निर्यात दुवै घट्यो « Khabarhub

मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत, आयात र निर्यात दुवै घट्यो


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि सीमाभित्रै देखिएको हो ।

राष्ट्र बैङ्कका आनुसार गत आ.व.मा आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६ दशमलव एक प्रतिशतले र निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो ।

गत आ.व.मा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ ।

त्यस्तै शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो ।

गत आवमा कूल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको छ ।

गत आवमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ ।

गत असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको कूल निक्षेप रु ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ५० खर्ब ७४ अर्ब पुगेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ३ : १३ बजे

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : सांसद अर्याल 

काठमाडौं– नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ

काठमाडौं– कुमारी बैंक लिमिटेड मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा