काठमाडौं- गत आर्थिक वर्षको एक वर्षमा विदेशमा पढ्न जानेले नेपालबाट सवा खर्ब बढी रकम विदेश लगेका छन् ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ लगेका हुन् ।
अघिल्लो आर्थिक वर्ष अर्थात् ०७९/८० मा विदेश पढ्न जाने नेपाली विद्यार्थीले १ खर्ब ४२ करोड रुपैयाँ विदेश लगेका थिए ।
त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा विदेश घुम्न जानेले ६४ अर्ब २१ करोड रुपैयाँ खर्च गरेका छन् ।
प्रतिक्रिया