टीआरसी विधेयक राष्ट्रिय सभामा पेस « Khabarhub

टीआरसी विधेयक राष्ट्रिय सभामा पेस


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको छ ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधेयक पेस गरेका हुन् ।

मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा समक्ष प्रस्तुत गरेका हुन्  ।

यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ । अहिले विधेयकमाथि सांसदहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ४ : ३६ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ