नेपाल र भारतबीचको सम्बन्धलाई सीमाले छेकबार गर्न सक्दैन : मुख्यमन्त्री सिंह « Khabarhub

नेपाल र भारतबीचको सम्बन्धलाई सीमाले छेकबार गर्न सक्दैन : मुख्यमन्त्री सिंह


२ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

जनकपरधाम–  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सीमाले नेपाल र भारतबीचको सम्बन्धलाई छेकबार गर्न नसक्ने बताएका छन् ।

आइतबार नेपाल फाउन्डेशनले जनकपुरधाममा आयोजना गरेको ‘नेपाल भारत सम्बन्धमा युवाको भूमिका’ विषयक एक दिने कार्यशालामा बोल्दै मुख्यमन्त्री सिंहले राजनीतिक रूपमा दुई देशबीचको सम्बन्धमा उतारचढाव आए पनि सामाजिक र सांस्कृतिक सम्बन्धले त्यसलाई अटुट राख्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले दुई देशबीचको जनस्तरमा कायम सामाजिक/सांस्कृतिक सम्बन्धलाई सीमाले रोक्न नसक्ने बताएका छन् । सम्बन्धलाई अझ बढी सुदृढ र सकारात्मक बनाउन युवा वर्गले भूमिका खेल्नुपर्ने मुख्यमन्त्री सिंहले सुझाए ।

त्यस्तै, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले अहिले सुशासन र विकासको युग सुरु भएकोले दुवै देशले त्यस तर्फ काम थाल्नुपर्ने बताइन् । उनले असमानता, विभेदिकरणको विरुद्ध नेपालको नेतृत्व वर्गले पनि गम्भीरता पूर्वक काम गर्नुपर्ने सुझाए ।

उनले दुई देशबीच राम्रो सम्बन्ध खोज्नेलाई यहाँ ’भारतीय दलाल’ भन्ने गरिएकोमा दुःख व्यक्त गरिन । उनले भारत विश्वस्तरमा आफ्नो स्थान बलियो बनाउन लागेको र त्यसबाट नेपालले लाभ लिन सक्नुपर्ने चर्चा गरे ।

कार्यक्रममा सहभागीहरूले दुई देशबीचको ऐतिहासिक सम्बन्धको चर्चा गरेका थिए ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ४ : ५४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर