नेता-कार्यकर्ताका लागि कोशी एमालेले बनायो १३ बुँदे आचारसंहिता « Khabarhub

नेता-कार्यकर्ताका लागि कोशी एमालेले बनायो १३ बुँदे आचारसंहिता


२ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले नेता र कार्यकर्तालाई अनुशासनमा राख्न १३ बुँदे आचारसंहिता बनाएको छ ।

आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेशले २०८१ साललाई पार्टी सुदृढीकरण र शुद्धीकरण वर्षसमेत घोषणा गरेको छ ।

यसैगरी कोशी प्रदेशको मोरङ, इलाम र तेह्रथुममा कात्तिक मसान्त भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले मिसन २०८४ केन्द्रित भएर पार्टीलाई थप सुदृढ बनाउने गरी कार्ययोजना बनाइएको जानकारी दिए ।

उनले आगामी निर्वाचनमा कोशी प्रदेशमा दुई तिहाइ जित्ने गरी कार्यकर्ता परिचालन गर्ने तयारीसहित एमाले अघि बढेको बताए ।

पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले पार्टीलाई सुदृढ र शुद्धीकरण गर्न आयोजना गरिने कार्यक्रमबारे जानकारी गराए ।

 

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ६ : १५ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६