टीरआरसी विधेयक पुग्यो राष्ट्रिय सभामा, छलफलपछि पारित गरिने « Khabarhub

टीरआरसी विधेयक पुग्यो राष्ट्रिय सभामा, छलफलपछि पारित गरिने


२ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

आइतबार सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट पारित भएर सन्देशसहित पुगेको उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए ।

कानुनमन्त्री चौरसियाले नेपालका कहिले पनि द्वन्द्व नदोहोरिन दिन, सबैलाई मान्य हुनेगरी शान्ति स्थापना होस् भनेर विधेयक ल्याइएको बताए ।

उनले विधेयक ऐनका रुपमा परिणत भइसकेपछि पारदर्शी ढंगले दुवै आयोग बन्ने बताए । उनले टीआरसी विधेयक राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गर्ने विश्वास जनाएका छन् ।

त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले टीआरसी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे । विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले राष्ट्रिय सभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सकिने उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ७ : ०१ बजे

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित