भिड देखाउन ह्यारिसले एआईको प्रयोग गरेको ट्रम्पको आरोप « Khabarhub

भिड देखाउन ह्यारिसले एआईको प्रयोग गरेको ट्रम्पको आरोप


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कमला ह्यारिसलाई हराउन बाइडेनभन्दा सजिलो भएको टिप्पणी गरेका छन् । ट्रम्पले कमला ह्यारिसलाई कट्टरपन्थी भन्दै खिल्ली उडाएका छन् ।

अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच प्रत्यक्ष प्रतिस्पर्धा छ ।

डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन पनि सोमबारदेखि सिकागोमा सुरु हुँदैछ । यस महाधिवेशनमा कमला ह्यारिस औपचारिक रूपमा पार्टीको राष्ट्रपतिको उम्मेदवारमा निर्वाचित हुनेछन्।

ट्रम्पले आफु कमलाभन्दा सुन्दर रहेको बताउदै टाइम म्यागजिनमा प्रकाशित कमला ह्यारिसको स्केचलाई लिएर अभिव्यक्ति दिएका छन् । म्यागजिनले कमला ह्यारिसका धेरै तस्बिर खिचे तर काम नभएकाले स्केच बनाउनुपरेको ट्रम्पले बताए ।

डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसको र्‍यालीमा ठूलो भीड नभएको दाबी गर्दै र्‍यालीमा बढी भीड देखाउन एआई प्रयोग गरिएको दाबि गरेका थिए ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ह्यारिसलाई नक्कली भीड देखाएको कारणले २०२४ को चुनावका लागि अयोग्य घोषित गर्नुपर्ने लेखेका छन् । उनले नक्कली छवि बनाउनु गलत भएको बताए ।

अर्कोतर्फ अमेरिकी अर्थतन्त्रको सन्दर्भमा ट्रम्पभन्दा कमला ह्यारिसमाथि धेरै मानिसको विश्वास छ । फाइनान्सियल टाइम्स र युनिभर्सिटी अफ मिशिगनले गरेको सर्वेक्षणले ४२ प्रतिशत मतदाताले ह्यारिसलाई आर्थिक मामिलामा विश्वास गरेको पाइएको छ, जबकी ट्रम्पलाई ४१ प्रतिशतले विश्वास गरेका छन् ।

अचम्मको कुरा के छ भने जुलाईमा पनि ट्रम्प ४१ प्रतिशतमा थिए भने बाइडेन ३५ प्रतिशतमा थिए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ८ : ३२ बजे

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला