निजी क्षेत्रलाई बाधा नपुग्ने गरी नीति निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता | Khabarhub Khabarhub

निजी क्षेत्रलाई बाधा नपुग्ने गरी नीति निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सांसदहरुले निजी क्षेत्रमैत्री नीति निर्माणमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रलाई काम गर्न बाधा नपुग्ने गरी नीति निर्माण गर्नेमा उनीहरुले प्रतिबद्धता जनाएका हुन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव नरहेको उल्लेख गरे । उनले वर्तमान सरकार गठन भएयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास गरिरहेको समेत बताए ।

“निरन्तर निजी क्षेत्रसँग निरन्तर संवाद जारी छ । उद्यमी व्यवसायीका समस्या समाधानका लागि पहल भइरहेको छ”, उनले भने, “समस्या समाधानका लागि तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम भइरहेको छ ।”

सरकारले निर्माण गर्ने कानुन पनि एकोहोरो ढङ्गको नहुने भन्दै निजी क्षेत्रमैत्री नै हुने उनको भनाइ थियो ।

त्यसअवसरमा महासङ्घका तर्फबाट संसदमा बिचाराधीन र निजी क्षेत्र सम्वद्ध करिब डेढ दर्जन कानुनमा आवश्यक सुधारसम्बन्धमा बुँदागतरुपमा प्रस्तुतीकरण दिइएको थियो ।

विशेष अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका संशोधनले वातावरण तयार पारेको बताए ।

उनले विशेष आर्थिक क्षेत्र र अन्य ठाउँमा पनि मझौला र ठूला उद्योगहरुको दर्ता हुने क्रम बढेको जानकारी दिए । उनले महासङ्घले निरन्तर कार्यक्रम आयोजना गरी कार्यपालिका र व्यवस्थापिकालाई झक्झाइरहेको धारणा राखे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संसदमा बिचाराधीन विद्युत् र जलस्रोत विधेयकलाई लगानीमैत्री बनाउनेमा प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रको लगानी बढाउने र प्रसारणलाइनलगायतमा निजी क्षेत्रको प्रवेशका विषयमा पनि सरकारले छलफल गरिरहेको बताए ।

सङ्घीय संसद् प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा छलफल भइरहेको उल्लेख गर्दै बृहत् छलफल पनि मात्रै निर्णय गरिने बताए ।

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले लगानी निरुत्साहित हुने नीतिका कारण निजी क्षेत्र समस्यामा पर्ने गरेको बताए । लगानी विस्तार निजी क्षेत्रले गर्ने हुँदा उद्यमी व्यवसायीलाई निर्वाध काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

कानुन न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले निजी क्षेत्रलाई काम गर्न कानुन बाधक नहुने बताए । नेकपा (माओवादी केन्द्र्र्र)का प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक गतिविधि बढाउनका लागि पार्टी निजी क्षेत्रको साथमा रहने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले निजी क्षेत्रलाई सम्मानजनक व्यवहार आवश्यक रहेको बताए । उनले निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गरी व्यवसायीको मनोबल बढाउनुपर्नेमा जोड दिए ।

महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र फस्टाउने वतावरण बनाउन सबैको ध्यानाकर्षण गराए । “निजी क्षेत्रले काम गर्न नसक्दा समस्या भएको दृष्टान्त त हामीले देखिरहेका छौँ त्यसैले कानुनसम्मत व्यवसाय गर्दा अवरोध हुनुहुँदैन”, उनले भने ।

उनले लगानी र उत्पादन निरुत्साहित हुने गरी कानुन निर्माण हुन नहुनेमा जोड दिए । त्यस अवसरमा एक सयभन्दा बढी सांसदहरु उपस्थित थिए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ८ : ४७ बजे

अफगानी किशोरीलाई ‘किड्स राइट्स प्राइज’ पुरस्कार

नेदरल्यान्ड – अफगानिस्तानमा तीन वर्षअघि तालिबान समूह सत्तामा फर्किएपछि बाँच्न

स्थानीय तह उपनिर्वाचन : ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको

वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने

काभ्रे । वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म

आजका समाचार : रविलाई चितवनमा पनि संकट, आए भारतीय सेना प्रमुख र अमेरिकी कदमले विश्वभर तनाव

ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न माग प्रधानमन्त्री केपी शर्मा

अधिवक्ता कमल प्रसाद इटनी सम्मा‍‍‍नित

काठमाडौं – वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानून पुरस्कारबाट