आज २०८१ साल असोज २ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज २ गते बुधबारको राशिफल


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज २ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर १८ तारिख। सोह्रश्राद्ध सुरु। आज प्रतिपदा श्राद्ध। आश्मिन कृष्ण पक्षको प्रतिपदा थिति। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंको पक्षमा न्याय मिल्नेछ। प्रतिपक्षी शान्त छन्। आफ्नो काम मात्र नभएर समाजको कल्याण हुने काम गर्ने अवसर मिल्नेछ। परिवारमा एकले अर्काको मर्म नबुझ्ने समय छ।

वृष : भाग्य राम्रो छ। विदेशमा भन्दा स्वदेशमै रोजगारीको सम्भावना खुल्नेछ। काममा जाँगर बढ्नेछ। लगानीका प्रयास सफल हुने भएकाले मेहनत गर्नुपर्ने दिन छ। परिवारको साथमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।

मिथुन : दिन सहज छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। अप्ठेरो परिस्थितिमा बन्धुको साथ मिल्नेछ। व्यवहार र बोलीमा एकरुपता गर्न नसक्दा साथीभाइ टाढिने भएकाले सचेत बन्नु राम्रो हुनेछ। देवताको मालिक गणेशको पूजा गरेमा सोचेका सबै काम बन्नेछन्।

कर्कट : धन कमाउने समय छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा ठगबाट जोगिएर काम गर्नुपर्नेछ। सम्पत्तिको पछाडि दौडिँदा संस्कार संकटमा पर्नेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

सिंह : दिन राम्रो छ।संघ र संस्थाको तर्फबाट लगानी गरेको भए फाइदा हुनेछ। कृषिजन्य फलफूलको व्यापार भए लाभ हुनेछ। परिवारमा नयाँ लुगा लगाउने अवसर मिल्नेछ। अध्ययनमा जाँगर बढ्नेछ।

कन्या : भूमि सम्बन्धी कारोबारबाट नाफा कमाउने दिन छ। परिवारसँगको प्रेम सम्बन्धमा मेलमिलाप हुनेछ। अनुशासनको पाठ परिवारबाट सुरु हुनेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। राजनीतिमा भने शक्ति देखाएर काम गर्नुपर्ने हुनसक्छ।

तुला : खानपानमा समस्या हुनसक्छ। समाजसेवामा गरेको कामको आलोचना हुनसक्छ। बौद्धिक क्षेत्रबाट नाम र दाम आर्जन गर्न सकिने छ। राजनीतिक क्षेत्रमा तपाईंको झुकाबले महत्त्वपूर्ण काम गर्ने अवसर सिर्जना गर्नेछ।

वृश्चिक : बौद्धिक व्यक्तिसँगको भेट र अन्तरक्रियाबाट मन प्रशन्न हुनुका साथै आफ्ना काम बन्नेछन्। संघ र संस्थाले सम्मान गर्ने दिन छ। सानो कुरामा नअल्झनु राम्रो हुनेछ। घरभित्रको काममा मेहनत गर्नुपर्ने छ।

धनु : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। स्वास्थ्यमा कमजोर भएको महसुस हुनेछ। सञ्चित धन खर्च हुनेछ। सहयोग गर्ने भन्दा खुट्टा तान्नेहरुको बहुमत भएकाले सचेत बन्नु आवश्यक छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : आध्य साढेसातीले छोइसकेको भए पनि शुभ ग्रहको बहुमत छ। तपाईंको आम्दानी बढ्नेछ। वैदेशिक श्रम लगानीबाट फाइदा हुने योग छ। धातु र फलामको व्यापारमा नाफा हुनेछ। यसको व्यापारमा परिवारको साथ मिल्ने योग छ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने दिन छ। मनमा शान्ति मिल्नेछ। आफ्नै देशमा लगानीका अवसर पत्तो लाग्नेछन्। पुराना साथीसँगको भेटले नयाँनयाँ काम बन्ने योग छ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त हुनेछ।

मीन : अनावश्यक खर्च बढ्ने जोखिम छ। आफ्नो हातले ठुलो लगानी नगर्नु राम्रो हुनेछ। दैनिक काममा झन्झट हुनेछ। गणेशको स्मरण गरेमा मनमा शान्ति र परिवारमा सहजता मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ५ : ३१ बजे

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम – इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी