हिजबुल्लाहको पेजर विस्फोट हुँदा नौ जनाको मृत्यु, सयौं घाइते « Khabarhub

हिजबुल्लाहको पेजर विस्फोट हुँदा नौ जनाको मृत्यु, सयौं घाइते

हिजबुल्लाहबाट विस्फोटको आरोप इजरायललाई


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

लेबनान – सशस्त्र समूह हिजबुल्लाहले सम्पर्क गर्नका लागि बोकेको हाते पेजर विस्फोट भएपछि लेबनानमा एक बच्चासहित नौ जनाको मृत्यु भएको छ।

राजधानी बेरुत लगायतका स्थानमा भएका विस्फोटमा लेबनानाका लागि इरानी राजुदूत सहित २८ सय जना घाइते भएका छन्। यता हिजबुल्लाहले आठ जना लडाकुको ज्यान गएको बताएको छ।

हिजबुल्लाहले यसको आरोप इजरायल माथि लगाएको छ। ७ अक्टोबरका दिन हमासले इजरायलमा आक्रमण गरेयता इजरायल र लेबनानको सिमामा दैनिक झडप भएको थियो।

हिलबुल्लाह समूहले मोबाइल र इन्टरनेट ट्र्याकको जोखिमले पेजर प्रयोग गर्ने गरेका छन्। हिजबुल्लाहले आफूहरूले इरानको सहयोगमा प्यालेस्टाइनलाई सहयोग गरिरहेको जनाएको छ। यो समूहलाई इजरायल, बेलायत र अन्य धेरै देशले आतङ्ककारीको सूचीमा राखेका छन्।

एक पसलको सिसिटिभीमा देखिएको दृश्य अनुसार कुनै व्यक्तिको पकेटमा नै सो विस्फोट भएको थियो। उनी ढलेर छटपटाइरहेका थिए भने अन्य धेरै जानको पछि लागिरहेका थिए। धेरै घाइतेको अनुहार र हातमा चोट लागेको छ। इरानी राजदूत मोजताबा अमानीमा सामान्य चोट लागेको उनको श्रीमतीले जानकारी दिएकी छिन्।

हिजबुल्लाहले आफूको ८ जनाको ज्यान गएको बताए पनि यसका बारे पुरै विवरण बाहिर आएको छैन। सञ्चार माध्यमलाई प्राप्त श्रोतका अनुसार हिजबुल्लाहका एमपी अली अमर र बेका उपत्यकाका हिजबुल्लाह सदस्यको १० वर्षीया छोरीको ज्यान गएको छ। विधायक हसन फदलाहको छोराको पनि ज्यान गएको जनाइएको छ।

हिजबुल्लाहले लडाइँ लडिरहेको छिमेकी सिरियलमा पनि पेजर विस्फोट भएर १४ जना घाइते भएका छन्। हिजबुल्लाहले यो सबै घटनाको जिम्मेवार इजरायल भएको दाबी गरेको छ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : २८ बजे

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि

‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुरुङ समुदायले मनाउने