सर्वोच्च कमाण्डर गणेशमान सिंहको २७औँ स्मृति दिवस मनाइँदै « Khabarhub

सर्वोच्च कमाण्डर गणेशमान सिंहको २७औँ स्मृति दिवस मनाइँदै


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका संस्थापक एवं प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको २७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए।

विसं २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए।

काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भएर राणा शासन विरुद्धको अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनी लगायतलाई तत्कालीन सरकारले जेल हाल्यो। विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए।

जेलबाट भागेर भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे। केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे। देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे।

विसं २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर सुरुमा सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताएका थिए।

विसं २०२५ सालमा बीपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ सालमा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे।

तत्कालीन पञ्चायती सरकारले बीपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए। गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे।

बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे। विसं १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो ।

जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बने ।

 

 

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : ०५ बजे

शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

काठमाडौं- नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकार

कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाम ल्याइने

कर्णाली- कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका

काभ्रेमा ६०.४२ प्रतिशत मत खस्यो, मतगणनाको तयारी

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानमा ६०.४२

मोरङ-४ मा मतगणना सुरु

विराटनगर- मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनाको औपचारिक प्रक्रिया

नवलपरासीमा कांग्रेसका २२ नेता–कार्यकर्तामाथि कारबाही सिफारिस

नवलपरासी – नेपाली कांग्रेस नवलपरासीको जिल्ला अनुशासन समितिले लुम्बिनी प्रदेशका