‘मिस्टर काठमाडौं’को उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन « Khabarhub

‘मिस्टर काठमाडौं’को उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन भएको छ ।

राईलाई बुधबार बिहान उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले त्यहीँ मृत घोषित गरे । बुधबार बिहान ६ बजेतिर उनी होटलमै लडेका थिए।

उनलाई बुधबार बिहान ६ बजे ग्रान्डी अस्पताल लगिएको थियो । मोरङको पथरीका ४५ वर्षीय राईलाई छातीमा असहज भएपछि अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ उपचारका क्रममा बिहान ७ बजे उनको निधन भएको हो । चिकित्सकहरूले उनको मृत्युको कारण औपचारिक रुपमा बताएका छैनन् ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जले मोरङबाट परिवारका सदस्य र आफन्त आउने क्रममा रहेकाले शवको परीक्षणसहितका प्रक्रिया थालिने जनाएको छ।

राईले यही शनिबार मात्रै पाँचौँ खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता जितेका थिए । शनिबार दशरथ रंगशालास्थित कभर्ड हलमा भएको प्रतियोगितामा उनले उपाधि चुमेका थिए।

उनी मोरङको पथरी शनिश्चरे नगरपालिका-१ निवासी हुन् । उनी मिस्टर काठमाडौंमा सहभागी हुन ‘फोनिक्स फिटशाला’ बाट सहभागी भएका थिए ।

मिस्टर काठमाडौंमा भाग लिने क्रममा उनी टोखा नगरपालिका-६ स्थित ग्रिनल्यान्ड होटलमा बसिरहेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १२ : ५८ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।