भारतको आर्थिक सहयोगमा भक्तपुरमा तयार भयो विद्यालय भवन « Khabarhub

भारतको आर्थिक सहयोगमा भक्तपुरमा तयार भयो विद्यालय भवन


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भारत सरकारको सहयोगमा भक्तपुरमा विद्यालय भवन निर्माण गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १ करोड १३ लाख रुपैयाँ आर्थिक सहयोगमा भक्तपुरस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको भवन निर्माण गरिएको हो ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा निर्माण गरिएको भवनको सोमवार भक्तपुर क्षेत्र नं २, प्रतिनिधि सभाका माननीय सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापा, सूर्यविनायक नगरपालिकाका उप–प्रमुख सरिता तिमसिना (भट्टराई) र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरू पनि थिए ।

विद्यालयलाई आवश्यक अन्य सुविधासँगै तीन तल्ले विद्यालय भवनको निर्माण गरिएको हो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो ।
जिल्ला समन्वय समिति, भक्तपुरमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको भारतीय राजदूतावासले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख, सूर्यविनायक नगरपालिकाका प्रमुख, उप–प्रमुख, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

भवन निर्माणले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न उपयोगी हुने शिक्षाको विकासमा योगदान पुर्‍याउने बताइएको छ ।

सन् १९५२ मा प्राथमिक विद्यालयको रुपमा श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको स्थापना भएको हो ।

जुन सन् १९९५ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । यो विद्यालय जिल्लाकै पुरानो विद्यालय मध्येको एक हो ।

नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा कुल विद्यार्थी संख्या करिब ८०० जना छन् जसमध्ये ४५ प्रतिशत छात्राहरु रहेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  २ : १७ बजे

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग

आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी