गठबन्धनको न्यूनतम साझा कार्यक्रम कार्यदलले प्रधानमन्त्रीलाई बुझाउँदै « Khabarhub

गठबन्धनको न्यूनतम साझा कार्यक्रम कार्यदलले प्रधानमन्त्रीलाई बुझाउँदै


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारले गठबन्धन गरेको कार्यदलले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रम बुझाउँदैछ ।

सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री ओलीलाई बुझाउन लागेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा दिवसको अवसरमा बुधबार काठमाडौंको मूलपानीमा आयोजित कार्यक्रममा नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम बुझाउने बताएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पनि प्रधानमन्त्रीले केपी शर्मा ओलीले न्यूनतम साझा कार्यक्रम बुझ्ने कार्यसूची छ ।

असार ३० गते प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारमा एमालेका ७८, कांग्रेसका ८८, जनमतका ६, अशोक राई नेतृत्वको जसपाका ७, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, नागरिक उन्मुक्तिका ४ र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।

गठबन्धनले साझा न्यूनतम कार्यक्रम बनाउन बनाउन चार सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । न्यूनतम साझा कार्यक्रम बुझेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् राख्दैछन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ४६ बजे

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले 

विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छ : प्रधानसेनापति सिग्देल

काठमाडौँ– प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा