७७ वटै जिल्लामा फैलियो डेंगु,  हुम्लामा पहिलोपटक डेंगु पुष्टि  « Khabarhub

७७ वटै जिल्लामा फैलियो डेंगु,  हुम्लामा पहिलोपटक डेंगु पुष्टि 


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय देशैभरी डेंगुका बिरामी भेटिएका छन् । हिमाली जिल्ला हुम्लामा पहिलोपटक डेंगुका बिरामी देखिएका छन् ।

अत्याधिक ज्वरो आएपछि अस्पताल भर्ना गरिएका एक बालकमा डेंगु पुष्टि भएको हो । सिमकोट गाउँपालिका- ८ को खोल्सी गाउँकाका ११ वर्षका बालकलाई डेंगु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार बालकको स्वाव भेरिफाइ गर्न तीन पटक ल्याबमा परिक्षण गर्दा डेंगु पुष्टि भएको हो । डेंगु पुष्टि भएका बालक जिल्ला भन्दा बाहिर कतै पनि गएका थिएनन् । ज्वरो आउने र रुघाखोकी लागेपछि बालकलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

हालसम्म हुम्ला डेंगुबाट सुरक्षित रहँदै आएको थियो ।पछिल्लो समय डेंगुले विकराल रुप लिएको छ ।   

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ। अहिले देशका ७७ वटै जिल्लामा यो रोग देखा परेको छ।

डेंगुका धेरैजसो बिरामीमा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने शरीरमा डाबरहरु आउने, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने आदी लक्षणहरू देखा परेको चिकित्सकहरू बताउँछन् ।   

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : ०१ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना