७७ वटै जिल्लामा फैलियो डेंगु,  हुम्लामा पहिलोपटक डेंगु पुष्टि  « Khabarhub

७७ वटै जिल्लामा फैलियो डेंगु,  हुम्लामा पहिलोपटक डेंगु पुष्टि 


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय देशैभरी डेंगुका बिरामी भेटिएका छन् । हिमाली जिल्ला हुम्लामा पहिलोपटक डेंगुका बिरामी देखिएका छन् ।

अत्याधिक ज्वरो आएपछि अस्पताल भर्ना गरिएका एक बालकमा डेंगु पुष्टि भएको हो । सिमकोट गाउँपालिका- ८ को खोल्सी गाउँकाका ११ वर्षका बालकलाई डेंगु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार बालकको स्वाव भेरिफाइ गर्न तीन पटक ल्याबमा परिक्षण गर्दा डेंगु पुष्टि भएको हो । डेंगु पुष्टि भएका बालक जिल्ला भन्दा बाहिर कतै पनि गएका थिएनन् । ज्वरो आउने र रुघाखोकी लागेपछि बालकलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

हालसम्म हुम्ला डेंगुबाट सुरक्षित रहँदै आएको थियो ।पछिल्लो समय डेंगुले विकराल रुप लिएको छ ।   

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ। अहिले देशका ७७ वटै जिल्लामा यो रोग देखा परेको छ।

डेंगुका धेरैजसो बिरामीमा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने शरीरमा डाबरहरु आउने, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने आदी लक्षणहरू देखा परेको चिकित्सकहरू बताउँछन् ।   

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : ०१ बजे

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम

रसुवा – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका

कांग्रेस,एमाले र नेकपा भन्छन्: प्रतिनिधिसभामा गठबन्धन गरेर जाने छलफल भएको छैन

काठमाडौं – गणतन्त्र पक्षधर दलले राष्ट्रिय सभामा भागबण्डा मिलाएर जाने

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली