प्रधानमन्त्रीद्वारा राष्ट्रिय शिक्षा पुरस्कार वितरण « Khabarhub

प्रधानमन्त्रीद्वारा राष्ट्रिय शिक्षा पुरस्कार वितरण


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट हुने क्याम्पस तथा विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गरेका छन् ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार आयोजित गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट क्याम्पस र विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गरेका हुन् ।

यस वर्ष उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार कास्कीको लेखनाथस्थित स्कूल अफ बिजनेसले पाएको छ । उक्त क्याम्पसले दुई लाख ५० हजार पुरस्कार प्राप्त गरेको हो । 

यस्तै, सामुदायिक क्याम्पसतर्फ ललितपुरको चापागाउँस्थित जनभावना क्याम्पस र  निजी क्याम्पसमध्येबाट काठमाडौँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज पुरस्कृत भएका छन् । दुवैले जनही रु दुई लाख ५० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । 

यस्तै, सार्वजनिक विद्यालयतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङको तुलसीपुरस्थित तुलसीपुर माविले प्रथम स्थान हासिल गर्दै राष्ट्रिय शिक्षा पुरस्कार पाएको छ । उक्त विद्यालयले नगद तीन लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ । 

यस्तै, विश्वनिकेतन मावि काठमाडौँले द्वितीय स्थान हासिल गर्दै रु दुई लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय हुने दाङको शान्तिनगरस्थित जनकल्याण माविले रु एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ । 

यस्तै, निजीतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्रथम हुने काठमाडौँको टोखा नगरपालिका–८ स्थित फलोसेन्ट माविले तीन लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ ।

द्वितीय हुने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय काठमाडौँले दुई लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र तथा तृतीय हुने काठमाडौँकै बूढानीलकण्ठ स्कूलले एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ । 

 प्राविधिक शिक्षालयतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने नेपाल बनेपा बहुप्राविधिक बनेपा, काभ्रेपलाञ्चोक, तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट तुलसीपुर, दाङ, जनता मावि वाणगङ्गा, कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स, काठमाडौँलाई एक लाखसहित राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ ।

 ती शिक्षालयलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन गरेको परीक्षामा सर्वोकृष्ट नतिजा ल्याएका आधारमा पुरस्कृत गरिएको हो । 

यस्तै, दिवसकै अवसरमा समाज कल्याण शिक्षा पुरस्कार युवा क्रियाकलाप उत्थान केन्द्र कागेश्वरी मनहरा र सी आशा फाउन्डेसन ललितपुरलाई प्रदान गरिएको छ । ती दुवैलाई जनही रु दुई लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । 

सोही अवसरमा प्रधानमन्त्री ओलीले शैक्षिक स्मारिका–२०८१ विमोचन गरे ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : ४८ बजे

एमालेको ११औँ महाधिवेशन आजदेखि, २२ सय बढी प्रतिनिधि सहभागी हुँदै

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनआजदेखि सुरु हुँदैछ । महाधिवेशनको

सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ? कसले जित्ला एनपीएल ?

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलकोे फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि

२०८२ साल मंसिर २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २७ गते शनिबार तदनुसार

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको