उपसभामुख रानासहित सातजना विरुद्ध युवराज सफलले दिए गृहमा उजुरी « Khabarhub

उपसभामुख रानासहित सातजना विरुद्ध युवराज सफलले दिए गृहमा उजुरी


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासहित सातजना विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ ।

युवराज सफलले उपसभामुख रानासँगै सांसदहरू रवि लामिछाने, डीपी अर्याल, धनराज गुरुङ, शक्ति बस्नेत, डीपी अर्याल, योगेश भट्टराई र ऋषिकेश पोखरेलविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, अर्याल रास्वपाका उपसभापति, गुरुङ नेपाली कांग्रेसका उपसभापति र बस्नेत नेकपा माओवादी केन्द्रका नेता हुन् । सांसद भट्टराई नेकपा एमालेका सचिव र पोखरेल एमालेकै नेता हुन् । उनी सार्वजनिक लेखा समितिका सभापति छन् । 

उजुरीकर्ता सफलले उपसभामुख रानामाथि मानव तस्करी तथा बेचबिखनको आरोप लगाएका छन् । उनले रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, राहदानी दुरुपयोग तथा ठगीसम्बन्धी मुद्दामा छानबिन गरेर कारबाही गरिनुनर्पे उजुरीमा उल्लेख गरेका छन् । 

यस्तै कांग्रेस उपसभापति गुरुङमाथि उनले रातो पासपोर्ट बिक्री तथा सहकारी ठगी, एमाले सचिव भट्टराईविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी मुद्दाको छानबिन गर्नुपर्ने सफलको उजुरीमा उल्लेख छ ।

उनले एमाले सांसद बस्नेत, रास्वपा उपसभापति अर्याल र सार्वजनिक लेखा समिति सभापति पोखरेलले सहकारी ठगी गरेको दाबी उजुरीमा गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : ५२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२