उपसभामुख रानासहित सातजना विरुद्ध युवराज सफलले दिए गृहमा उजुरी « Khabarhub

उपसभामुख रानासहित सातजना विरुद्ध युवराज सफलले दिए गृहमा उजुरी


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासहित सातजना विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ ।

युवराज सफलले उपसभामुख रानासँगै सांसदहरू रवि लामिछाने, डीपी अर्याल, धनराज गुरुङ, शक्ति बस्नेत, डीपी अर्याल, योगेश भट्टराई र ऋषिकेश पोखरेलविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, अर्याल रास्वपाका उपसभापति, गुरुङ नेपाली कांग्रेसका उपसभापति र बस्नेत नेकपा माओवादी केन्द्रका नेता हुन् । सांसद भट्टराई नेकपा एमालेका सचिव र पोखरेल एमालेकै नेता हुन् । उनी सार्वजनिक लेखा समितिका सभापति छन् । 

उजुरीकर्ता सफलले उपसभामुख रानामाथि मानव तस्करी तथा बेचबिखनको आरोप लगाएका छन् । उनले रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, राहदानी दुरुपयोग तथा ठगीसम्बन्धी मुद्दामा छानबिन गरेर कारबाही गरिनुनर्पे उजुरीमा उल्लेख गरेका छन् । 

यस्तै कांग्रेस उपसभापति गुरुङमाथि उनले रातो पासपोर्ट बिक्री तथा सहकारी ठगी, एमाले सचिव भट्टराईविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी मुद्दाको छानबिन गर्नुपर्ने सफलको उजुरीमा उल्लेख छ ।

उनले एमाले सांसद बस्नेत, रास्वपा उपसभापति अर्याल र सार्वजनिक लेखा समिति सभापति पोखरेलले सहकारी ठगी गरेको दाबी उजुरीमा गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : ५२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार