रविबारे देउवाले भने- चलाख रहेछन्, सहकारीको रकम अपचलन गरेको पुष्टि भयो « Khabarhub

रविबारे देउवाले भने- चलाख रहेछन्, सहकारीको रकम अपचलन गरेको पुष्टि भयो


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको सुरुवात गर्दै सभापति देउवाले समितिको प्रतिवेदन सार्वजनिक भएपछि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संसद्मा रास्वपा सभापतिबारे कांग्रेसले उठाएका प्रश्नहरू पनि प्रमाणित भएको दाबी गरे ।

संसदीय छानबिन विशेष समिति गठन गर्दाको समयमा लामिछानेले सहकारी रकम ठगी गरेको आफूलाई विश्वास नलागेको बताए ।

तर अहिले त्यो कुरा प्रमााणित भएकोले उक्त विषय उठान गरेकोमा पार्टी महामन्त्री गगनकुमार थापालाई धन्यवाद पनि दिएका छन् ।

‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर’, उनले भने, ‘सहकारीको विषय मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईं (गगन) ले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई ।’

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ५ : ४१ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं