‘रास्वपामा अहिले रवि लामिछानेको पापको भारी बोक्ने प्रतिस्पर्धा छ’ « Khabarhub

‘रास्वपामा अहिले रवि लामिछानेको पापको भारी बोक्ने प्रतिस्पर्धा छ’


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीबारेमा आफूहरूले यसअघि सार्वजनिक गरेको कुरालाई संसदीय छानबिन विशेष समितिले पुष्टि गरेको दाबी गरेका छन् ।

पार्टी कार्यालय सानेपामा बुधबार आयोजित एक महिने विशेष अभियानको सुरुवात कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

संसदीय छानबिन समिति गठन माग गर्दा कांग्रेसले गरेको आशंका सांसद सूर्यबहादुर थापा नेतृत्वको समितिले पुष्टि गरेको बताएका हुन् ।

गोर्खा मिडिया प्रालिले सहकारीको रकम अपचलन गरेको, उक्त मिडियाका तत्कालीन सञ्चालक एवम् प्रवबन्ध निर्देशक रवि लामिछाने गृहमन्त्री हुँदा सरकारी निकायले छानबिन नगरेको पनि थापाले बताए ।

गोर्खा मिडियामा सहकारीको रकम अवैधानिक बाटोबाट लैजानेहरूलाई कारबाही गर्न माग गरेर संसदीय छानबिन समिति गठनको माग आफूहरूले राखेको पनि थापाले बताएका छन् ।

संसदीय छानबिन समितिले कांग्रेसले उठाएका सबै विषयलाई सत्यका रुपमा पुष्टि गरिदिएको महामन्त्री थापाले बताए ।

गोर्खा मिडियाले पोखरा, भरतपुर, बुटवल र काठमाडौंका ५ वटा सहकारीबाट करोडौँ रकम गैरकानुनी रूपमा लगेको पनि पुष्टि भएको उनले बताए ।

यो रकम अपचलनमा तत्कालीन सञ्चालक गितेन्द्रबाबु राई (जीबी), कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको उनले बताए ।

समितिले दोषी किटान गरिरहँदा पनि रास्वपाका-कार्यकर्ताले संसदीय समितिले दोषी किटान नगरेको प्रचार गरिरहेको भन्दै थापाले आश्चर्य लागेको बताए ।

संसदीय समितिमा रहेका रास्वपा सांसद (शिशिर खनाल) ले कारबाही सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेर बाहिर आफ्नो सभापतिलाई दोष लागेन भन्दै भ्रम छरेको थापाले बताए ।

अहिले रास्वपामा सभापति लामिछानेको पापको भारी बोक्ने प्रतिस्पर्धा उक्त पार्टीमा चलिरहेको पनि थापाले बताएका छन् ।

संसदीय समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने उनको अडान छ । मितेरी सहकारी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि आरोप लागेको उनले बताए ।

गुरुङले आफूमाथि छानबिन होस् भनिरहेको बताउँदै थापाले यो विषयमा पनि सरकारले आवश्यक कदम चाल्नु जरुरी रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : ०८ बजे

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको

सुशीला कार्कीले चार मन्त्री थप्दै, भूमिमन्त्री सिन्हालाई पर्यटनमन्त्री बनाइने

काठमाडौं– सुशीला कार्की नेतृत्वको सरकारले आज चारजना मन्त्री थप्ने भएको

झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस

झापा– नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मासहित

एमाले पोलिट्ब्युरो सदस्य रानाले राजनीतिबाट बिदा लिए 

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य दल बहादुर रानाले सक्रिय राजनीतिकबाट

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुख : २०२६ पछि डिजेल आयात रोकिने

एजेन्सी– इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यसहित सन् २०२६ देखि