‘रास्वपामा अहिले रवि लामिछानेको पापको भारी बोक्ने प्रतिस्पर्धा छ’ « Khabarhub

‘रास्वपामा अहिले रवि लामिछानेको पापको भारी बोक्ने प्रतिस्पर्धा छ’


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीबारेमा आफूहरूले यसअघि सार्वजनिक गरेको कुरालाई संसदीय छानबिन विशेष समितिले पुष्टि गरेको दाबी गरेका छन् ।

पार्टी कार्यालय सानेपामा बुधबार आयोजित एक महिने विशेष अभियानको सुरुवात कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

संसदीय छानबिन समिति गठन माग गर्दा कांग्रेसले गरेको आशंका सांसद सूर्यबहादुर थापा नेतृत्वको समितिले पुष्टि गरेको बताएका हुन् ।

गोर्खा मिडिया प्रालिले सहकारीको रकम अपचलन गरेको, उक्त मिडियाका तत्कालीन सञ्चालक एवम् प्रवबन्ध निर्देशक रवि लामिछाने गृहमन्त्री हुँदा सरकारी निकायले छानबिन नगरेको पनि थापाले बताए ।

गोर्खा मिडियामा सहकारीको रकम अवैधानिक बाटोबाट लैजानेहरूलाई कारबाही गर्न माग गरेर संसदीय छानबिन समिति गठनको माग आफूहरूले राखेको पनि थापाले बताएका छन् ।

संसदीय छानबिन समितिले कांग्रेसले उठाएका सबै विषयलाई सत्यका रुपमा पुष्टि गरिदिएको महामन्त्री थापाले बताए ।

गोर्खा मिडियाले पोखरा, भरतपुर, बुटवल र काठमाडौंका ५ वटा सहकारीबाट करोडौँ रकम गैरकानुनी रूपमा लगेको पनि पुष्टि भएको उनले बताए ।

यो रकम अपचलनमा तत्कालीन सञ्चालक गितेन्द्रबाबु राई (जीबी), कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको उनले बताए ।

समितिले दोषी किटान गरिरहँदा पनि रास्वपाका-कार्यकर्ताले संसदीय समितिले दोषी किटान नगरेको प्रचार गरिरहेको भन्दै थापाले आश्चर्य लागेको बताए ।

संसदीय समितिमा रहेका रास्वपा सांसद (शिशिर खनाल) ले कारबाही सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेर बाहिर आफ्नो सभापतिलाई दोष लागेन भन्दै भ्रम छरेको थापाले बताए ।

अहिले रास्वपामा सभापति लामिछानेको पापको भारी बोक्ने प्रतिस्पर्धा उक्त पार्टीमा चलिरहेको पनि थापाले बताएका छन् ।

संसदीय समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने उनको अडान छ । मितेरी सहकारी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि आरोप लागेको उनले बताए ।

गुरुङले आफूमाथि छानबिन होस् भनिरहेको बताउँदै थापाले यो विषयमा पनि सरकारले आवश्यक कदम चाल्नु जरुरी रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : ०८ बजे

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी