खेलकुद

लिग-२ क्रिकेट : यूएईविरुद्ध अमेरिका १० विकेटले विजयी

By खबरहब

September 18, 2024

काठमाडौं– आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले यूएईलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा अमेरिकाले युएईलाई १० विकेटले पराजित गरेको हो ।

यूएईले दिएको १०७ रनको लक्ष्य पछाएको अमेरिकाले १५.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला टस हारेर पहिला ब्याटिङ गरेको यूएईले ३१.२ ओभरमा अल आउट हुँदै १०६ रन मात्र बनाएको थियो ।

यो जितपछि अमेरिकाले ६ खेलमा चौथो जित हासिल गरेको छ र ८ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै यूएईले भने लगातार चौथो हार बेहोरेको छ ।