आफूलाई पक्रेर देखाउन सरकारलाई राजेन्द्र लिङ्देनको चुनौति « Khabarhub

आफूलाई पक्रेर देखाउन सरकारलाई राजेन्द्र लिङ्देनको चुनौति


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौति दिएका छन् ।

बुधबार काठमाडौंमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पत्र प्रदान गर्दै लिङ्देनले संविधान दिवसका समयमा आफूलाई राज्यले नोटिसमा राखेको खवर पाएको भन्दै आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौति दिएका हुन् ।

आफू अहिलेको संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी र विपक्षी भएको उनले बताए । उनले कुनै अराजकतामा आफ्नो भविष्य नखोजेकाले संयमता अपनाइरहेको धारणा राखे ।

लिङ्देनले अहिलेको संविधान जति परसम्म बोकेर लगिन्छ, त्यति नै जनताले दुख पाइराख्ने जिकिर गरे। हिजो र आजका राम्रा कुरालाई समेटेर अघि बढ्नुको विकल्प नभएको भन्दै जवरजस्त गरे ढिलो चाँडो अहिलेको संविधान जनताले फ्याँक्ने र त्यसको नेतृत्व राप्रपाले गर्ने स्पष्ट पारे ।

राप्रपाले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय १० पुरुष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा ल्याउँदै जिम्मेवारी दिएको हो । 

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : २५ बजे

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल