रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा « Khabarhub

रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद गीता बस्नेतलाई जस्तै मुद्दा चल्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार ‘एक महिने विशेष अभियान’ को सुरुवात कार्यक्रमलाई सम्बोधनका क्रममा थापाले राप्रपा सांसद बस्नेतलाई जस्तै गरी पूर्वगृहमन्त्री लामिछानेविरुद्ध पनि मुद्दा चल्ने बताएका हुन् ।

‘सांसद गीता बस्नेत अहिले अभियोजन हुनु भएको छ । सांसद बस्नेतलाई यही दफा १२२ लागेको हो । उहाँ सहकारीको सदस्य पनि होइन,’ महामन्त्री थापाले भने, ‘उहाँलाई के लागेको हो ? १२२ । किन लागेको हो ? १२२ भन्दा सदस्य नभए पनि सहकारीबाट पैसा लिएर गएको । त्यसैले यसलाई सहकारी ठगी भनिन्छ ।’

थापाले संसदीय छानबिन समितिको प्रतिवेदनमा लामिछानेबारे विस्तृतमा नलेख्नुको कारण पार्टीका तर्फबाट समिति सदस्य रहेका सांसदद्वय दिलेन्द्रप्रसाद बडू र ईश्वरी न्यौपानेसँग सोधिएको पनि बताए ।

‘माननीय दिलेन्द्र बडू र ईश्वरी न्यौपानेलाई सोधेँ, तपाईंहरूले सबै कानूनको नाम किन नलेखको ?,’ महामन्त्री थापाले भने, ‘उहाँहरूले भन्नुभयो–एउटा भए पो लेख्नु । ठगी पनि छ, किर्ते पनि छ, सहकारी पनि छ, फौजदारी पनि छ । यति धेरै भएकाले हामीले प्रचलित कानून लेखेका हौँ ।’

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : ०१ बजे

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि

नेपाल–भारत पर्यटन सहकार्य गर्न परिषद् स्थापना गरिने

चितवन– नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा