भन्सार छली ल्याएको मोटरसाइकलसहित एकजना नियन्त्रणमा « Khabarhub

भन्सार छली ल्याएको मोटरसाइकलसहित एकजना नियन्त्रणमा


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको तारकेश्वर नगरपालिका १० मनमैजुबाट भन्सार छली ल्याएको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शंकास्पद रुपमा चलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको ट्राफिक प्रहरीले मधेश प्रदेश -०२-००६ प ४६३१ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा महोत्तरी घर भई काठमाडौंको किर्तिपुर बस्ने २४  वर्षीय पुरुषोत्तम यादवलाई  गत सोमबार अपरान्ह साढे ४ बजे नियन्त्रणमा लिएको हो । 

अनुसन्धानको क्रममा यातायात ब्यवस्था कार्यालयमा मोटरसाइकलको अभिलेख फरक भएको पाइएको तथा  सम्बन्धित कम्पनीमा बुझ्दा समेत उक्त मोटरसाइकल नेपालमा बिक्री वितरण नभएको बुझिन आएकोले थप अनुसन्धान तथा कारबाहीको लागि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गरेका छन् । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएतापनि सवारी धनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ । 

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : २८ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्