ओमानविरूद्ध नेपालका दुवै ओपनर आउट « Khabarhub

ओमानविरूद्ध नेपालका दुवै ओपनर आउट


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दुवै ओपनर गुमाएको छ ।

नियमित ओपनर कुशल भुर्तेललाई आराम दिएको खेलमा ओपनिङ गर्न आएका अर्जुन साउद ५ रन बनाएर आउट भएका छन् । तेस्रो ओभरको पहिलो बलमा उनलाई ओमानका कलीमुल्लाहले आउट गरे ।

त्यस्तै खेलको ११ औं ओभरमा नेपालका अर्का ओपनर आशिफ शेख पनि आउट भए । २८ बलको सामना गर्दै ११ रन बनाएका शेखलाई सोयब खानले आउट गराएका हुन् ।

आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले कुशल भुर्तेल, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीको ठाउमा अनिल शाह, अर्जुन साउद र आरिफ सेखलाई टिममा समावेश गरेको छ ।

सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ । नेपाल र ओमानबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्, जसमा नेपालले ३ र ओमानले ४ खेलमा हार बेहोरेको छ ।

आजको खेल खेल्ने प्लेइङ–११ मा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

नेपालले लिग–२ मा अहिलेसम्म ५ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ४ खेल हार बेहोरेको छ । त्यस्तै ओमानले अहिलेसम्म खेलेका ४ खेलमा एक जित, २ हार र एक खेल नतिजा बिहिन हुदा अंक बाँडेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ९ : ४२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया