ओमानविरूद्ध नेपालका दुवै ओपनर आउट « Khabarhub

ओमानविरूद्ध नेपालका दुवै ओपनर आउट


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दुवै ओपनर गुमाएको छ ।

नियमित ओपनर कुशल भुर्तेललाई आराम दिएको खेलमा ओपनिङ गर्न आएका अर्जुन साउद ५ रन बनाएर आउट भएका छन् । तेस्रो ओभरको पहिलो बलमा उनलाई ओमानका कलीमुल्लाहले आउट गरे ।

त्यस्तै खेलको ११ औं ओभरमा नेपालका अर्का ओपनर आशिफ शेख पनि आउट भए । २८ बलको सामना गर्दै ११ रन बनाएका शेखलाई सोयब खानले आउट गराएका हुन् ।

आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले कुशल भुर्तेल, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीको ठाउमा अनिल शाह, अर्जुन साउद र आरिफ सेखलाई टिममा समावेश गरेको छ ।

सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ । नेपाल र ओमानबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्, जसमा नेपालले ३ र ओमानले ४ खेलमा हार बेहोरेको छ ।

आजको खेल खेल्ने प्लेइङ–११ मा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

नेपालले लिग–२ मा अहिलेसम्म ५ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ४ खेल हार बेहोरेको छ । त्यस्तै ओमानले अहिलेसम्म खेलेका ४ खेलमा एक जित, २ हार र एक खेल नतिजा बिहिन हुदा अंक बाँडेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ९ : ४२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल