उत्तर कोरियाद्वारा छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण « Khabarhub

उत्तर कोरियाद्वारा छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सोल – उत्तर कोरियाले बुधबार बिहानै छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको सोलको सेनाले बताएको छ । एक सातामा प्योङयाङको यो दोस्रो हतियार परीक्षण हो ।

नेता किम जोङ उनको शासनले यस वर्ष दर्जनौँ प्रक्षेपण गरेको छ । विशेषज्ञहरूले यो परीक्षणको हिस्सा उत्तर कोरियाद्वारा युक्रेनमा प्रयोग गर्नका लागि सहयोगी रुसलाई हतियारको कथित अवैध आपूर्तिसँग जोडिएको हुनसक्ने बताएका छन् ।

प्योङयाङले रुससँग प्रतिबन्ध लगाउने हतियारको व्यापारलाई अस्वीकार गरेको छ तर लामो समयदेखि रोकिएको कूटनीतिका कारण उसले यस वर्ष दक्षिण कोरियालाई ‘प्रमुख शत्रु’ घोषणा गरेको छ र हालै आणविक–सक्षम हतियारहरूलाई सीमावर्ती क्षेत्रमा स्थानान्तरण गरेको छ ।

उत्तर कोरियाले हालै किमको शासनको प्रमुख समर्थक आफ्ना विदेशमन्त्रीलाई एक वर्षभन्दा पनि कम समयमा दोस्रो भ्रमणका लागि मस्को पठाएपछि यो प्रक्षेपण भएको हो । उत्तर कोरियाले अक्टोबरमा संसदीय बैठकको तयारी पनि गरिरहेको छ ।

बैठकमा दुवै कोरियाबीच शत्रुतापूर्ण सम्बन्धलाई आफ्नो संविधानमा समावेश गरी दक्षिण कोरियासँगको तनावलाई बढाउने उपायलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ ।

प्योङयाङले ‘स्थानीय समयानुसार बिहान करिब ६ः५० बजे उत्तरपूर्वमा प्रक्षेपण गरेको छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइलहरू पत्ता लगाएको र तिनीहरूको विश्लेषण गरिरहेको’ सोलको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसिएस)ले बताएको छ ।

जेसिएसले भनेको छ, “अतिरिक्त प्रक्षेपणको तयारीमा हाम्रो सेनाले सहयोगीहरू टोक्यो र वासिङ्टनसँग जानकारी साझा गर्दै निगरानी र सतर्कतालाई बलियो बनाएको छ ।”

टोक्योले पनि प्रक्षेपाणको पुष्टि गरेको छ । जापानको तटरक्षकले एउटा मिसाइल पहिले नै खसेको बतायो । “जहाजहरू कृपया अगाडि आउँदै गरेको सूचनाहरूलाई ध्यान दिनुहोस् र यदि तपाईंले खसेको वस्तुहरू देख्नुभयो भने कृपया नजिक नजानुहोस् बरु यसको सूचना तटरक्षकलाई दिनुहोस्”, तटरक्षकले विज्ञप्तिमा भनेको छ ।

जापानका रक्षामन्त्री मिनोरु किहाराले पछि मिसाइलहरू ‘उत्तर कोरियाको अन्तरदेशीय क्षेत्रको पूर्वी तट वरपर खसेको देखिन्छ’ भन्दै त्यसैले ‘जापानको इइजेड (विशिष्ट आर्थिक क्षेत्र) बाहिर छ’ भने । उनले कुनै क्षति नभएको जानकारी दिए ।

सोलको सेनाले मिसाइलहरू उत्तर कोरियाको दक्षिण फ्योङगान प्रान्तको काचोन क्षेत्रबाट प्रहार भएको र करिब चार सय किलोमिटरसम्म उडेको बतायो । सोलको जेसिएसले विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाको मिसाइल प्रक्षेपण कोरिया प्रायद्वीपमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्ने उक्साहट हो र हामी यसको कडा निन्दा गर्दछौँ ।”

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ९ : ५१ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी