अन्तर्राष्ट्रिय

बहराइनले निष्कासित गरेका बलोच युवा कराँचीबाट बेपत्ता

By खबरहब

September 18, 2024

काठमाडौं – बहराइनले निष्कासित गरेका एक जना बलोच युवा पाकिस्तानबाट बेपत्ता भएका छन् । बहराइनले देशबाट निष्कासित गरेका बलोच युवा असद बलोचलाई जबरजस्ती बेपत्ता पारिएको हो ।

बलोचिस्तान टाइम्सका अनुसार बलोचलाई गत अगस्टमा बहराइनले बिना जानकारी नै देशबाट निष्कासित गरेको थियो ।त्यसपछि उनी संयुक्त अरब इमिरेट्स (यूएई) हुँदै कराँची पुगेका थिए ।

कराँची पुगेलगत्तै उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । त्यसयता उनको अवस्था अज्ञात रहेको पोस्टले जनाएको छ । उनको परिवारले उनको सुरक्षित रिहाइको माग गरेको छ ।

उनले कुनै अपराध गरेको भएपनि उनलाई कानूनी कारवाही हुनुपर्ने परिवारको भनाइ छ । मध्यपूर्वी मुलुकबाट बलोच युवाहरु निष्कासित हुने र पाकिस्तान पुगेपछि बेपत्ता पारिने घटना पछिल्लो समय बढ्दै गएको बलोचिस्तान पोस्टले उल्लेख गरेको छ ।