अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपको फाइनलमा « Khabarhub

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपको फाइनलमा


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

यूएई – दक्षिण अफ्रिका लगातार महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार दुबईमा भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो।

अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै १८ औं ओभरमा दोस्रो बलमा पुरा गरेको हो।

कप्तान लाउरा उल्भराड तथा अनाके बोस्कले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे। उमन अफ द म्याच घोषित बोस्कले अविजित रहँदै ४८ बलमा ७४ रन जोडिन्।

यसैगरी लाउराले ३७ बलमा ४२ रन प्रहार गरिन्। १५ औं ओभर सकिँदा लाउरालाई अनाबेल सदरल्यान्डले आउट गरे पनि सो समयमा दक्षिण अफ्रिकाले १२१ रन बनाइसकेको थियो। सदरल्यान्डले ४ ओभरमा २६ रन खर्चिँदै २ विकेट लिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १३४ रनको योगफल खडा गरेको थियो। डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाका लागि बेथ मोनीले ४२ बलमा ४४ र एलाइस पेरीले २३ बलमा ३१ रन जोडे।

कप्तान टालिया म्याकग्राथ ३३ बल खेलेर २७ रनमा सीमित भइन्। फुबी लिचफिल्ड ९ बलको सामना गर्दै १६ रनमा अविजित रहिन्।कसिलो बलिङ गरेका दक्षिण अफ्रिकाका कारिजेन काप तथा आयाकबोङवा खाकाले ४ ओभरमा २४ रन मात्र खर्चिए। खाकाले २ तथा कापले १ विकेट लिए।

दक्षिण अफ्रिकाले उपाधिका लागि न्युजिल्यान्ड र वेस्ट इन्डिजबिचको विजेतासँग खेल्ने छ। गत संस्करणमा पनि फाइनलमा प्रवेश गरेको दक्षिण अफ्रिका अस्ट्रेलियासँग नै पराजित भएर उपाधि विमुख भएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : १३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल