हमास नेता सिनवारको मृत्यु भएको पुष्टि « Khabarhub

हमास नेता सिनवारको मृत्यु भएको पुष्टि


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ७ अक्टोबर २०२३ मा भएको इजरायलमा भएको आक्रमणका मुख्य योजनाकार तथा हमास नेता याया सिनवार मारिएका छन् ।

 बिहीबार शवको दन्त्य परीक्षण तथा डीएनए परीक्षण गरेर मारिएको पुष्टि भएको हो । बुधवार भएको ट्याङ्क आक्रमणको शव बिहीबार फेला परेको हो । उनको दन्त्य परीक्षण र डीएनए गरिए पछि इजरायली सेनाले यसको पुष्टि गरिएको हो । दक्षिणी गाजाको रफाहामा गरेको आक्रमण पछि सेनाले नै शव लिएका थिए । उनी सिनवार भएको अनुमान पछि परीक्षण भएको थियो । 

सिनावरको मृत्यु पछि नेतान्याहुले बन्दीको रिहाइ र हतियार छाड्नु मात्र हमासका नेताले ज्यान बचाउन सक्ने अन्तिम उपाय भएको बताएका छन् । 

सिनावरको मृत्यु पछि  संसारका धेरै नेताले प्रतिक्रिया दिएका छन्  । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध विरामको बाटो खुला भएको प्रतिक्रिया दिएका छन् ।  अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले सिङ्गो संसार नै सिनावरको मृत्युमा खुसी भएको जनाएकी छिन् । 

अहिले इजरायलमा बन्दी बनाइएकाहरूको परिवारमा भने आफ्ना प्रियहरूको जीवन अझ बढी जोखिममा परेको महसुस गर्न थालेका छन् । अहिले १०० जना भन्दा बढी अझै हमासको कब्जामा छन् ।

सन् २०११ मा इजरायली जेलबाट छुटे पछि हमासको हरके अपरेसनमा उनको भूमिका मुख्य रहेको थियो । उनको मृत्युले हमासलाई ठुलो संकट पर्ने जनाइएको छ । ३१ जुलाईमा हमासका नेता इस्माइल हानिएको मृत्यु भए पछि उनको नेतृत्वमा हमास थियो । 

बुधबार उनी सुरुङ छाडेर अपार्टमेन्ट प्रवेश गर्न खोजेको समयमा आक्रमण भएको इजरायली सेनाले जनाएको हो ।  

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : २० बजे

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी