‘जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदान’ « Khabarhub

‘जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदान’


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को उच्चस्तरीय उद्‌घाटन सत्रसहित बहुपक्षीय बैठकमा सहभागी भएका छन्  ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा सङ्गठनको मुख्यालयमा भएको उद्‌घाटन सत्रमा मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको टोली सहभागी भएको हो । 

मञ्चको लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरे। नेपाल सरकारले यसै वर्षदेखि कृषिमा लगानी दशक घोषणा गरी यस क्षेत्रमा बढीभन्दा बढी लगानी भित्र्याउने लक्ष्य लिएको भन्दै मन्त्री अधिकारीले दिगो कृषि, खाद्य सुरक्षा, हरित उत्पादन र रूपान्तरित कृषि तथा खाद्य प्रणालीलाई सरकारले प्राथामिकता दिएको उल्लेख गरे।

नेपाल जैविक विविधताले भरिपूर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्त्वपूर्ण योगदान दिएको भन्दै मन्त्री अधिकारीले नेपालको खाद्य प्रणाली विश्वकै लागि प्रेरक हुनसक्ने बताए।

बैठकमा संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुम थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ पनि सहभागी हुनुभएको कृषिमन्त्री अधिकारीका प्रेस संयोजक प्रवीण पोखरेलले बताए।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : ४५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष