नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती « Khabarhub

नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । टि-२० सिरिज अन्तर्गत अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।

अमेरिकाविरुद्ध नेपालका ओपनर अनिल शाह र आशिफ शेखले समान २७/२७ रन बनाए। शाहले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा शेखले २७ बलमा चार चौका हिर्काए।

तेस्रोक्रममा आएका कुशल भुर्तेल १३ बल खेल्दै १० रनमा आउट भए भने आक्रामक ब्याटिङ सुरु गरेका गुल्सन झा सात बलमा १ छक्का र एक चौका प्रहार गर्दै ११ रन बनाएर आउट भए।

नेपालका कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले सम्हालिएर ब्याटिङ गर्दै अमेरिकाविरुद्ध सम्मानजनक योगफल तयार पारेका हुन्। कप्तान पौडेलले ३३ बलको सामना गर्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन जोडे ।

कप्तान पौडेलले एक रनले अर्धशतक प्रहार गर्न चुकेको खेलमा ऐरीले १७ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडे । त्यसपछिका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् ।

१९ औं र २० औं ओभरमा नेपालको ब्याटिङ लाइन टिक्न सकेन । करण केसी र आरिफ शेख शून्यमा आउट हुँदा सोमपाल कामीले मात्र दुई रन जोड्न सके । नेपालको ब्याटिङ लाइन ध्वस्त पार्न अमेरिकाका लागि सौरभ नेत्रावलकर, जसदीप सिंहर हरमित सिंहले समान दुईदुई विकेट लिए ।

१६५ रनको चुनौती पाएको अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

अमेरिकाविरुद्ध अर्धशतक बनाउन कप्तान पौडेल एक रनले चुके

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ७ : २५ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर