इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश : हिजबुल्लाह « Khabarhub

इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश : हिजबुल्लाह


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिजबुल्लाहले इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश गरेको जनाएको छ। हिजबुल्लाहले इजरायलले दक्षिणी लेबनानमा जमिन आक्रमण सुरु गरे पछि ५५ इजरायली सेना मारिएको दाबी गरेको छ । साथै ५०० इजरायली सेना घाइते भएको दाबी समेत गरिएको छ । 

इजरायलले यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन । हमास नेता याया सिनावरको मृत्युबारे भने हिजबुल्लाहले अझै औपचारिक धारणा बाहिर ल्याएको छैन । 

बिहीबार नै इजरायल डिफेन्स फोर्स (आइडिएफ)ले ५ जना सेना दक्षिणी लेबनानमा भएको सैन्य अपरेसनको क्रममा मारिएको जनाएको छ । 

समाचारमा जनाइए अनुसार अहिले सिनवार मारिएकै स्थानमा गत महिना ६ बन्दीको शव फेला परेको नजिकै अहिले उनी मारिएको हो । गत वर्ष देखि नै अमेरिकी विशेष अपरेसनले बन्दीको ट्रयाक गर्ने क्रममा हमास नेता पत्ता लगाउन सहयोग भएको हो । मारिने समयमा उनी उत्तरी लेबनानको रफाहाबाट उत्तर तर्फ जाने प्रयासमा थिए । 

यसै गरी बुधवार लेबनानमा भएको आक्रमणमा ४५ जना मारिएको इजरायलले जनाएको छ ।  गाजा र लेबनानमा जनजीवन झनै कठिन बनी रहेको छ । बिहीबार गाबल्य शरणार्थी शिविरमा समेत आक्रमण भए पछि लेबनानको स्वास्थ्य संयन्त्र नै पुरै असफल भएको छ ।

 त्यहाँ शल्यक्रिया गर्न सक्ने एक मात्र अस्पताल अमल अवदान अस्पतालले पनि भार थेग्नै नसक्ने भएको जनाएको छ । अब सफियन स्कुलमा भएको आक्रमणमा २२ जना मर्नुको साथै १५० जना घाइते भएका थिए । 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ७ : ४६ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले